आज कृषि विकासको लिलामी सेयर भर्ने अन्तिम दिन



काठमाडौ । कृषि विकास बैंकले लिलामीमा राखेको करिब २० लाख कित्ता सेयर आवेदन गर्ने आज अन्तिम दिन हो ।

बैंकले ५० प्रतिशत हकप्रदस सेयर निष्कासन गर्दा बिक्री नभएको १९ लाख ६८ हजार कित्ता सेयरलाई लिलामी मार्फत बिक्री गर्न लागेको हो । निष्कासन तथा बिक्री प्रवन्धक एस क्यापिटलमा आज बैकिङ समयभित्र सेयर भर्नुपर्छ ।

बैंकले गत कात्तिक ३ देखि मंसर ७ सम्म १ करोड ९६ लाख ८८ हजार कित्ता हकप्रद सेयर जारी गरेको हो । एस क्यापिटलका अनुसार १२ भन्दा बढी फर्म गएको छ । बढी मुल्य कबोल गर्नेले सेयर पाउँछन् ।


क्लिकमान्डु