पाँच संस्थाको सेयर  सूचिकृत




काठमाडौं :  नेपाल स्टक(एक्सचेन्ज) नेप्सेमा कारोवारका लागि आज विभिन्न कम्पनीका बोनस तथा हकप्रद सेयर सूचिकृत भएका छन् । नेप्सेका अनुसार सहारा विकास बैंकको ८२ हजार ६ सय कित्ता बोनस सेयर तथा ३ लाख ५४ हजार कित्ता हकप्रद सेयर सूचिकृत भएको छ ।

यस्तै मिम्रिरे माइक्रोफाइनान्सको १ लाख कित्ता बोनस सेयरपनि नियमित आज सूचिकृत भएको छ ।   मुक्तिनाथ विकास बैंकको २८ लाख ५० हजार ६ सय ७१ कित्ता सेयर तथा ४१ लाख ९२ हजार १ सय ६३ कित्ता हकप्रद सेयरपनि सुचिकृत भएको छ ।

टुरिजम डेभलपमेन्ट बैंकको १३ लाख २८ हजार २ सय ७२ कित्ता सेयरपनि नेप्सेमा सूचिकृत भएको छ । एभरेष्ट फाइनान्सको १ लाख ९९ हजार ४ सय ३ कित्ता बोनस सेयर पनि सूचिकृत भएको छ ।


क्लिकमान्डु