शिवरात्रीको दिन चन्द्रागिरिमा कन्सर्ट, शुक्रबार १२ बजेबाट सुरु हुने




काठमाडौं । पर्यटकीय गन्तव्यचन्द्रागिरि हिल्समा शिवरात्रीकोे दिन निःशूल्क कन्सर्टहुने भएको छ । कन्सर्टमा भरत सिटौला, अविनाश घिसिंग र राजेन्द्र गिरीको प्रस्तुती रहने छ ।

उक्त कन्सर्ट शुक्रबार १२ बजेबाट शुरु हुने आयोजक चन्द्रागिरि हिल्स लिमिटेडले जानकारी दिएको छ ।

चन्द्रगिरिको यात्रा, हिमाली शृंखलाका मनमोहक दृश्य, शान्त पहाडको वातावरण , वालबालीकाको लागिबिभिन्न निःशुल्क खेलको व्यवस्था समेत उपलब्ध छन् ।

चन्द्रागिरि केबलकारको भ्रमणमा जाने सबैलाई उक्त कन्सर्टमा निःशूल्क सहभागिताको सुविधा प्रदान गरिने कम्पनीले जारीगरेको बिज्ञप्तीमा जनाइएको छ ।


क्लिकमान्डु