सांस्कृतिक संस्थानमा खुल्यो २४ जनाको लागि जागिर




काठमाडौं । नेपाल सांस्कृतिक संस्थानमा रोजगारीको अवसर खुलेको छ । संस्थानले २४ पदमा आवेदन माग गरेको हो ।

संस्थानले बिभिन्न २२ पदका लागि २४ जना नयाँ कर्मचारी माग गरेको छ । खुल्ला तर्फ १३ र अरक्षणबाट ११ ले आवेदन दिन सक्नेछन् । संस्थानले छौंटो तहका सहायक लेखा अधिकृतसहित चौथो तहका गायन कलाकारसम्मका लागि जागिर खुलाएको छ ।

लिखित, प्रयोगात्मक तथा अन्तर्वार्ताका माध्यमबाट आवेदकहरु छनोट हुने संस्थानले जानकारी दिएको छ ।

आवेदकले सूचना प्रकाशित भएको मितिको ३० दिन र दोब्बर दस्तुर तिरेर थप ७ दिन भित्रमा आवश्यक कागजात सहित आवेदन दिन सक्छन् । संस्थानले फागुन १० गते पहिलो पटक सार्बजनिक सुचना मार्फत नयाँ कर्मचारी माग गरेको हो ।

न्युनतम शैक्षिक योगेता पुगेकाले नेपाल बैंक, कान्तिपथ शाखाको खाता नम्बर २१७००१००१८५६३९०००००१मा रकम जम्मा गरेको भौचर सहित संस्थानको कार्यालय जमल काठमाडौंमा आबेदन दर्ता गराउनु पर्ने हुन्छ ।

परीक्षा दस्तुर छौटो तहका १२००, पाँचौ तहका ७००, चौथो तह ६०० रुपैयाँ तोकिएको छ । लिखित, अन्तरवार्ता र प्रयोगात्मक परीक्षाको मिति सूचानका प्रकाशित गरेर पछि जानकारी दिने संस्थानले जनाएको छ ।


क्लिकमान्डु