साल्ट ट्रेडिङको प्रस्तावः कि ३५ करोड देऊ, कि नूनको मूल्य बढाउन देऊ



काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशनले नूनको मुल्य बढाउने तयारी गरेको छ । कर्पोरेसनले प्रतिकेजी ७ रुपैयाँ मूल्य बढाएर प्रतिकेजी २५ रुपैयाँ बनाउन प्रस्ताब गरेको हो ।

कर्पोरेसनले आपूर्ति मन्त्रालयलाई नुनको मुल्य बढाउनको लागि प्रस्ताव गरेको छ । कर्पोरेसनकी महाप्रवन्धक उर्मिला श्रेष्ठले खर्च बढेको कारण नुनको मुल्य बढाउन प्रस्ताब गरिएको जानकारी दिइन ।

‘अहिलेको मुल्यमा बिक्री गरेर खर्च धान्न सकिने अवस्था छैन, २०६६ सालपछि मुल्य बढेको छैन, यो अबधिमा तलब तथा अन्य खर्च बढेको मूल्य बढाउनु पर्ने बाध्यता छ,’ श्रेष्ठले क्लिकमाण्डूसँग भनिन् ।

कर्पोरेसनले मुल्य बढाउने प्रस्ताब गर्ने मात्रै हो । मूल्य बढाउने नबढाउने निर्णण भने मुख्यसचिव अध्यक्ष रहने केन्द्रीय अनुगमन समितिले गर्छ ।

नून बिक्रीबाट अहिले संस्थानलाई घाटा भएको र घाटा भएको रकम सरकारले दिएमा मुल्य बढाउनु नपर्ने भनाई कर्पोरेसनको छ । साल्ट टे«डिङले अहिले प्रतिव्याकेट नुनमा ५ रुपैयाँ र ढिके नुनमा ३ रुपैयाँ घाटा भएको दाबी गरेको छ ।

सरकारले नुन कारोबारको जिम्मा साल्ट टे«डिङलाई दिएको छ । नेपालमा वार्षिक १ लाख ६० हजार मेट्रिक टन नून खपत हुने गरेको छ । जसमा ६० प्रतिशत आयोडिनयुक्त तथा ४० प्रतिशत ढिके नुनको खपत हुने गरेको छ ।

यसबिचमा अन्य संस्थानहरुले उत्पान गर्ने बस्तुको मूल्य बढाउने तर कर्पोरेसनले नूनको मूल्य नबढाएको कारण नोक्सानी ब्यहोर्नु परेको कर्पोरेसनको भनाइ छ । नोक्सानी बढेको कारण सरकारले ३५ करोड रुपैयाँ अनुदान दिएमा मूल्य नबढाउने कर्पोरेसनकी महाप्रबन्धक श्रेष्ठले दाबी गरिन् ।


क्लिकमान्डु