कृषि आधुनिकीकरण परियोजना पशुपालन क्षेत्रमा लागू गर्न माग



काठमाडौं ।  । राष्ट्रिय व्यावसायिक पशुपालन तथा दूध उत्पादक कृषक समाज नेपालले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनालाई पशुपालन क्षेत्रमा लागू गर्न माग गरेको छ ।

समाजले हाल दिइँदै आएको कृषि अनुदान वृद्धि गरी कृषकले सोझै पाउने गरी दूध लिटरमा र मासु किलोग्रामका आधारमा अनुदान दिनुपर्ने माग गरेको छ । समाजका अध्यक्ष आनन्दप्रसाद न्युरेले पशुपक्षी विकास मन्त्रालय मातहत रहने गरी दाना र चोकरको गुणस्तर जाँच गर्न प्रयोगशाला स्थापना गर्नुपर्ने माग आजको पत्रकार सम्मेलनमा गरे ।

‘नेपाल सरकार तथा यस समाजको समेत प्रभावकारी अनुगमनका आधारमा व्यावसायिक पशुपालन तथा दूध उत्पादन कृषि फार्मलाई कृषि मेसिनरी तथा विवरणमा ९० प्रतिशत अनुदान उपलब्ध गराइयोस्,’ न्युरेले भने ।  । कृषक समाज र सहकारीको २५ प्रतिशत तथा सरकारको ७५ प्रतिशत लगानीमा चितवनमा धुलो दूध कारखाना शीघ्र स्थापना गर्न पनि माग गरिएको छ । रासस


क्लिकमान्डु