कुमारीलाई ५० प्रतिशत हकप्रद जारी गर्न स्वीकृति



काठमाडौं । कुमारी बैंकलाई ५० प्रतिशत हकप्रद सेयर जारी गर्न धितोपत्र  स्वीकृति दिएको छ ।

बोर्डले बैंकलाई एक सय रुपैयाँ अंकित मुल्यको दरले अहिले कायम भएको चुक्ता पुँजीमा हकप्रद सेयर जारी गर्न स्वीकृति दिएको हो ।
बैंकले १ करोड ३४ लाख ९५ हजार ८ सय ३२ कित्ता हकप्रद सेयर जारी गर्ने छ ।

हाल बैंकको २ अर्ब ६९ करोड ९१ लाख रुपैयाँ चुक्तापूँजी रहेको छ । पचास प्रतिशत हकप्रद वितरण गरेपछि बैंकको पूँजी चार अर्ब चार करोड रुपैयाँ पुग्नेछ ।कुमारीले चारवटा वित्तीय संस्थालाई मर्जर गर्ने काम अगाडि बढाएको छ ।

२१ प्रतिशत बोनस दिन लागेको बैंकको बोनस बितरणपछि चुक्ता पुँजी ३ अर्ब २६ करोड पुग्ने छ ।

हकप्रद निस्कासनपछि चुक्ता पुँजी ४ अर्ब ६१ करोड पुग्ने छ ।

चार संस्था गाभेपछि बैंकले चुक्ता पुँजी ६ अर्ब भन्दा बढी हुने छ । एनसीसीसँग मर्जर सम्झौता तोडेपछि कुमारीले हकप्रद सेयर जारी गर्ने तथा विकास बैंक तथा फाइनान्सलाई गाभ्ने नीति लिएको थियो ।


क्लिकमान्डु