देउवाले भनेः आइजीपी नियुक्तीको अधिकार मन्त्रिपरिषद्मा



काठमाडौं । नेपाल कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रहरी महानिरिक्षक नियुक्तीको अधिकार मन्त्रिपरिषद्मा रहेको भन्दै आफ्नो यसमा कुनैपनि भूमिका नरहेको बताएका छन् ।

सुदूरपश्चिमको भएको आधारमा बरियताक्रम मिच्दै देउवाको दवावमा जयबहादुर चन्दलाई प्रहरीको आइजीपीमा मन्त्रिपरिषद्ले नियुक्त गरेको समाचार बाहिर आएपछि देउवाको सचिवालयले विज्ञप्ती जारी गर्दैमा यसमा सभापतिको कुनै भूमिका नभएको बताएको छ ।

उनले कानून अनुसार मन्त्रिपरिषद्ले नियुक्त गर्ने निर्णयमा आफुलाई मुछेर समाचार प्रकाशित गरेकोमा गम्भिर ध्यानाकर्षण भएको बताए । लोकतन्त्रको मेरुदण्ड मानिने संचारमाध्यमले नभएको कुरा प्रकाशन तथा प्रशारण नर्गन देउवाले विज्ञप्ती मार्फत आग्रह गरेका छन् ।


क्लिकमान्डु