फागुनभरी चन्द्रागिरी केवलकारमा छुट



काठमाडौं । चन्द्रागिरी केवलकारले फागुन महिनाभरी केवलकालमा विशेष छुट दिने भएको छ । चन्द्रागिरी केबलकारले फागुन महिनाभारि सोमबार, मंगलबार, बुधबार र बिहीबार पहिला आउने दुई सय दर्शनार्थीहरुका लागि ५० प्रतिशत छुटमा टिकट लिन सक्ने व्यवस्था मिलाएको छ ।

छुट व्यवस्था अनुसार सात सय पर्ने केबलकार टिकट ३ सय ५० रुपैयाँमा प्राप्त गर्न सकिने छ । सुविधाको लागि थानकोट टिकटस्थित टिकट काउन्टर वापत मात्र लिनुपर्ने छ ।
चन्द्रागिरीले केवलकार चढ्न पाउनेलाई कम्पनीले भाटभटेनी मार्फत निशुल्क बस चढ्ने व्यवस्था मिलाएको छ ।


क्लिकमान्डु