सार्वजनिक खरिद अनुगमन कार्यालयले २७ ठेकदारलाई राख्यो कालोसुचीमा



काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले देशभरका २७ ठेकेदार कम्पनीलाई कालोसुचीमा राखेको छ ।

ठेक्का लिएका कम्पनीहरुले समयमै निर्माण कार्य सम्पन्न नगरेको तथा गुणस्तरीय काम नगरेको पाइए पछि ठेकेदार कम्पनीलाई सरकारी ठेक्कापट्टामा भाग लिन नपाउने गरी कालोसुचीमा राखिएको कार्यालयले जानकारी दिएको छ ।

बुटवल ६ रुपन्देहीमा रहेको रन्जिका/शिवलाल एण्ड सन्स जेभीलाई २४ जनवरी २०१७ देखि २३ जनवरी २०१८ भित्रमा दायित्व पूरा नगरेकोे अभियोग लगाएको छ ।

बिदुर ७, नुवाकोटमा रहेको शितलचन्द्र कन्स्ट्रक्सनलाई जनवरी २०१७ देखि २३ जनवरी २०१८ सम्मको लागि कालोसुचीमा राखिएको छ ।

काठमाडौंको बागबजारमा रहेको प्रगति निर्माण सेवालाई २४ डिसेम्बर २०१६ देखि २३ डिसेम्बर २०१९ सम्म कालोसुचीमै राखिएको छ ।

सुबिधानगर, काठमाडौंमा रहेको उज्जेन कन्स्ट्रक्सनलाई २४ डिसेम्बर २०१६ देखि डिसेम्बर २०१९ सम्म कालोसुचीमा राखिएको कार्यालयले जानकारी दिएको छ ।

सिपा पोखरे–८, सिन्धुपाल्चोकको मकालु निर्माण सेवालाई ७ डिसेम्बर २०१६ देखि ६ डिसेम्बर २०१९ सम्मको लागि कालोसुचीमा राखिएको छ ।

कार्यालयको कालोसुचीमा पर्ने कम्पनीमा विदेशी ठेकेदार कम्पनी पनि छ । पाउल मिजबुम, ओडेग ३२, नेदरल्याण्डमा रहेको जेओएच इनसेडे स्टाम्प विभीलाई २६ सेक्टेम्बर २०१६देखि २५ सेक्टेम्बर २०१९ सम्मको लागि कालोसुचीमा राखिएको हो ।

यस्तै खलंगा ७, जाजरकोटमा रहेको प्रकृति निर्माण सेवा एण्ड सप्लायर्सलाई २६ सेक्टेम्बर २०१६ देखि २५ सेक्टेम्बर २०१९ भित्रमा दायित्व पूरा नगरेको भन्दै कालोसुचीमा राखिएको छ ।

कामनपा ३४ काठमाडौंमा रहेको नागराज ट्रेडर्सलाई २६ सेक्टेम्बर २०१६ देखि २५ सेक्टेम्बर २०१९ सम्मको लागि कालोसुचीमा राखिएको छ ।

थापाथली, काठमाडौंमा रहेको ग्लोबल लिंक टेक्नोलोजीलाई २६ सेक्टेम्बर २०१६ देखि २५ सेक्टेम्बर २०१९ सम्मको लागि कालोसुचीमा राखिएको छ ।

गोकर्णेश्वर १, काठमाडौं र उग्रचण्डीनाला काभ्रेपलाञ्चोकमा रहेको बिस्व निर्माण सेवालाई २७ जुलाई २०१६ देखि २६ जुलाई २०१९ सम्मको लागि कालोसुचीमा राखिएको छ ।

पोखरीचौरी ८, काभ्रेपलाञ्चोकमा रहेको पि.पि.निर्माण सेवालाई २७ जुलाई २०१६ देखि २६ जुलाई २०१९ सम्मको लागि कालोसुचीमा राखिएको छ ।

गोकर्णेश्वर १, काठमाडौं र उग्रचण्डीनाला काभ्रेपलाञ्चोकमा रहेको निशान निर्माण सेवालाई २७ जुलाई २०१६ देखि २६ जुलाई २०१९ सम्मको लागि कालोसुचीमा राखिएको छ ।

खैरहनी ६ पर्सा, चितवनमा रहेको इको बिल्डर्स प्रा.लीलाई २७ जुलाई २०१६ देखि २६ जुलाई २०१९ सम्मको लागि कालोसुचीमा राखिएको छ ।

यस्तै चैनपुर बझाङमा रहेको बि.एस कन्स्ट्रक्सनलाई २७ जुलाई २०१६ देखि २६ जुलाई २०१९ सम्मको लागि कालोसुचीमा राखिएको छ ।

रबिभवन काठमाडौंमा रहेको जय शम्भु मल्टिपरपोज कम्पनीलाई १४ फेब्रअरी २०१६ देखि १३ फेब्रअरी २०१८ सम्मको लागि कालोसुचीमा राखिएको छ ।

बाजबजार काठमाडौंमा रहेको नेपाल प्रगति निर्माण सेवालाई २१ फेब्रअरी २०१६ देखि २० फेब्रअरी २०१९ सम्मको लागि कालोसुचीमा राखिएको छ ।

गोकर्ण ६, काठमाडौंमा रहेको जय ओम÷आमिका जे.भिलाई २१ फेब्रअरी २०१६ देखि २० फेब्रअरी २०१९ सम्मको लागि कालोसुचीमा राखिएको छ ।

धर्मावती ६, प्यूठान, कामनपा ३२ बतिसपुतली र चाल्नाखेल ५ टौदह काठमाडौंमा रहेको धर्मेन्द्र÷वि.टी÷टौदह जे.भिलाई २१ फेब्रअरी २०१६ देखि २० फेब्रअरी २०१९ सम्मको लागि कालोसुचीमा राखिएको छ ।

यस्तै गोंगबु, काठमाडौंमा रहेको जी.एम.कन्स्ट्रक्सन प्रा.लीलाई १४ फेब्रअरी २०१६ देखि १३ फेब्रअरी २०१८ सम्मको लागि कालोसुचीमा राखिएको छ ।

बबिया सुनसरीमा रहेको मोहसिन एण्ड सप्लायर्सलाई १४ फेब्रअरी २०१६ देखि १३ फेब्रअरी २०१८ सम्मको लागि कालोसुचीमा राखिएको छ ।

बालुवा ७ काठमाडौंमा रहेको खाँडदेवी निर्माण सेवालाई १७ जनवरी २०१६ देखि १६ जनवरी २०१९ सम्मको लागि कालोसुचीमा राखिएको छ ।

अमरगढी ९, डडेलधुरामा रहेको इन्द्र एण्ड निरज ब्रदर्स निर्माण सेवा एण्ड सप्लायर्सलाई १७ जनवरी २०१६ देखि १६ जनवरी २०१९ सम्मको लागि कालोसुचीमा राखिएको छ ।

कामनापा १० काठमाडौं÷फसैट ३, सप्तरीमा रहेको बैदेशी एण्ड प्रविन निर्माण कापनपा १०, काठमाडौं÷चेतन चेतन कन्स्टक्सन फसैट ३, सप्तरी जे.भिलाई १७ जनवरी २०१६ देखि १६ जनवरी २०१९ सम्मको लागि कालोसुचीमा राखिएको छ ।

राजविराज ५ मा रहेको लक्ष्मीराज निर्माण सेवा, निरेन्द्र÷निता÷नुरी कन्स्ट्रक्सन जे.भिलाई १७ जनवरी २०१६ देखि १६ जनवरी २०१९ सम्मको लागि कालोसुचीमा राखिएको छ ।

कैलाली धनगढीमा रहेको सूरुची कन्स्ट्रक्सनलाई ७ डिसेम्बर २०१५ देखि ६ डिसेम्बर २०१८ सम्मको लागि कालोसुचीमा राखिएको छ ।

कालिमाटी, काठमाडौंमा रहेको लोकप्रिय निर्माण सेवा, कालिमाटीलाई २४ जुलाई २०१५ देखि २३ जुलाई २०१८ सम्मको लागि कालोसुचीमा राखिएको छ ।

कामनपा ३१ काठमाडौंमा रहेको सान्स बिल्डर्सलाई १२ फेब्रअरी २०१४ देखि १२ फेब्रअरी २०१७ सम्मको लागि कालोसुचीमा राखिएको छ ।


क्लिकमान्डु