ग्लोबल आइएमईले खोज्यो १२ प्रतिशत व्याजमा मुद्दती निक्षेप



काठमाडाैं ।  ग्लोबल आइएमई बैंकले मुद्दती निक्षेपमा १२ प्रतिशत ब्याजदर दिने योजना ल्याएको छ । न्यूनतम १ लाख रुपैयाँमा खाता खोल्न सकिने यस्तो योजनामा तीन महिना अवधीको लागि ल्याइएको छ ।
व्यक्तिगत निक्षेपकर्तालाई १२ प्रतिशत ब्याजदर अफर गर्ने ग्लोबल आइएमई बैंक तेस्रो बैंक भएको छ । यसअघि नेपाल क्रेडिट एण्ड कमर्श बैंक(एनसीसी) र एनआईसी एशियाले १२ प्रतिशत ब्याजदरमा निक्षेप तान्ने योजना ल्याएका थिए । बैंकिङ क्षेत्रमा तरलता अभाव भएपछि बैंक तथा वित्तीय संस्थाबीच निक्षेप बढाउनको लागि ब्याजदर बढाउने प्रतिस्पर्धा चलेको छ ।


क्लिकमान्डु