लक्ष्यभन्दा ६ अर्ब बढी उठ्यो राजस्व



 

काठमाडौं । सरकारले गत आर्थिक वर्षको भन्दा करिब ६ अर्ब रुपैयाँ बढी राजस्व उठाएको छ । गतवर्षको पुस मसान्तसम्ममा १ खर्ब ६ अर्ब राजस्व उठेकोमा यस वर्ष १ खर्ब १२ अर्ब राजस्व उठेको हो ।

आन्तिरिक राजस्व विभागले दिएको जानकारी अनुसार गत वर्षको तुलनामा करिब ४२ प्रतिशतले बढी राजस्व उठेको हो ।

यो अवधिमा सरकारले आयकर तर्फ ६१ अर्व ८८ करोड ६० लाख ८९ हजार रुपैयाँ, मूल्य अभिवृद्धि कर तर्फ २८ अर्व ६० करोड २ लाख ९२ हजार रुपैयाँ र अन्तःशुल्क तर्फ २१ अर्व ८ करोड ४३ लाख ९४ हजार रुपैयाँ संकलन गरेको छ ।

यसरी उठेको राजस्व रकम लक्ष्यको तुलनामा आयकर तर्फ १०९ प्रतिशत, मूल्यअभिवृद्धि कर तर्फ १०० प्रतिशत र अन्तशुल्क तर्फ १०४ प्रतिशत हो ।

शिक्षा सेवा शुल्क र स्वास्थ्य सेवा कर क्रमशः ३८ करोड ४९ लाख ७२ हजार रुपैयाँ र ५२ करोड ८५ लाख ७ हजार रुपैयाँ संकलन भएको छ । शिक्षा सेवा शुल्क तर्फ लक्ष्यको तुलनामा ८८ प्रतिशत र स्वास्थ्यसेवा कर तर्फ लक्ष्यको तुलनामा ८९ प्रतिशत संकलन भएको छ । यी दुवै कर सरकारले लक्ष्य अनुसार उठाउन नसकेको हो ।


क्लिकमान्डु