सोमबार भालेश्वर महादेब दर्शनगर्न जाने दर्शनार्थीले १ सय ८ रुपैयाँमा नै केबलकार चढ्न पाउने



काठमाडौं । माघ महिनामा पर्ने सोमबारको दिन चन्द्रगिरि केबलकारमा छुटको स्किम ल्याइएको कम्पनीले जानकारी दिएको छ ।

बिहान भालेश्वर महादेवको दर्शन गर्न जाने दर्शनार्थीहरुले यो सुविधालाई पाउँने छन् । प्रत्येक सोमबार पहिला टिकट खरिद गर्ने १ सय ८ जनाले १ सय ८ रुपैयाँमा नै टिकट प्राप्त गर्नेछन् । भक्तजनहरुले चन्द्रगिरिले सञ्चालनमा ल्याएको निशुल्क बस सेवा समेत प्रयोग गर्न पाउने छन् ।

यस व्यवस्थाअन्तर्गत एक जनाले एउटामात्र टिकट लिन पाउनेछन्, भने टिकट काठमाडौं थानकोट स्थित कम्पनीको टिकट काउन्टरबाट मात्र लिनुपर्नेछ ।

केबलकार संचालनमा आएदेखि २०७३ साल पौषमसान्तसम्ममा २ लाख ८९ हजार ४ सय १५ जनाले केबरकारको यात्रा गरेर भालेश्वर महादेवको दर्शन गरिसकेको बिज्ञप्तीमा उल्लेख छ ।

यस आयोजनालाई अन्तर्राष्ट्रिय परामर्शदाता संस्था फ्रोस्र्ट एण्ड सुलिभानले ‘बेष्ट न्यू डेस्टिनेसन अवार्ड २०१६’ बाट सम्मानित गरिसकेको छ ।


क्लिकमान्डु