ग्लोबल अाईएमइ बैैंकलाई आस्वा प्रणालीको स्वीकृती



नेपाल धितोपत्र बोर्डबाट ग्लोबल आइएमई बैंकले आस्वा (एप्लिकेशन सपोर्टेड बाइ ब्लक्ड एमाउण्ट) प्रणालीको अनुमति प्राप्त गरेको छ ।

सार्वजनिक रुपमा निष्काशन गर्ने साधारण धितोपत्र (आइपिओ) तथा थप धितोपत्र (एफपिओ) को निष्काशनको समयमा लगानीकर्ताबाट दरखास्त फारम संकलन तथा त्यस सम्बन्धि अन्य कार्य गर्नका लागि नेपाल धितोपत्र बोर्डले ग्लोबल आइएमई बैंकलाई अनुमति दिएको हो । उक्त अनुमति पश्चात नेपाल धितोपत्र बोर्डले लागू गरेको आस्वा प्रणाली मार्फत सेयर लगानीकर्ताले माग गरेको सेयर बापत हुन आउने रकम लगानीकर्ताको बैंक खातामा रोक्का हुनेछ ।

यस प्रणालीमा लगानीकर्ताले माग गरेको सेयर बराबरको रकम मात्र खातामा रोक्का भई सेयर बाँडफाँडमा परेको रकम कटौती गरि बाँकी रकम खातामा नै सुरक्षित रहिरहने सुविधा लगानीकर्ताले पाउनेछन् ।

छिटोछरितो र झन्झटमुक्त सेवामा विश्वास गर्दै आएको ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै आस्वा प्रणालीमा आवद्ध भएको हो ।


क्लिकमान्डु