कैलाश विकाश बैंकको २५ प्रतिशत बोनश शेयर पारित



काठमाडौं । कैलाश विकास बैंक लिमिटेडको २३ औं वार्षिक साधारण सभाले २५ प्रतिशतका दरले बोनश शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

सो साधारण सभाले चुक्ता पूंजीको २५ प्रतिशतका दरले बोनश शेयर वितरण गर्ने प्रस्ताव पारित गर्नुका साथै संस्थाको आ.व. २०७२/०७३ को वासलात तथा सोही मितिको नाफानोक्सान हिसाव तथा नगद प्रवाह बिबरण समेत पारित गरेको छ ।

सोही साधारण सभाले संस्थापक समूहबाट राजेन्द्र गिरी, सुनिल नारायण श्रेष्ठ र नारायण पौडेल तथा सर्वसाधारण समूहबाट चिन्तामणी पाण्डे, उद्धब राज पुरी र कबिराज पौडेल गरी जम्मा ६ सदस्यीय संचालक समिति समेत निर्विरोध निर्वाचित गरेको छ ।

साथै संचालक समितिको बैठकले राजेन्द्र गिरी लाई संचालक समितिको अध्यक्षमा सर्बसम्मत रुपमा चयन गरेको छ ।

यस संस्थाको बोनश शेयर जारी पश्चात चुक्ता पूंजी १ अर्ब ९७ करोड ५४ लाख रूपैंया पुगेको छ । संस्थाले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेको २० प्रतिशत हकप्रद निश्काषन पश्चात संस्थाको चुक्ता पूंजी २ अर्ब उनन्तीस करोड १५ लाख पुग्नेछ ।

२०७३ पौष २८ गते सम्ममा यस संस्थाले १५ अरब ७६ करोड निक्षेप संकलन गरी रु. १४ अरब ४८ करोड कर्जा प्रवाह गरेको छ ।

संस्थाले ३८ शाखा मार्फत इन्टरनेट बैंकिङ्ग, एसएमएस बैंकिङ्ग सुविधा प्रदान गर्दै आएको जनाएको छ ।


क्लिकमान्डु