पुननिर्माणमा इन्जिनियरिङका विद्यार्थी खाटाइने




काठमाडौं । पुननिर्माण कार्यमा धुर्मुस सुन्तली फाउन्डेसन जस्ता गैरनाफामुलक संस्थासँग सहकार्य हुने भएको छ । बिहिबार बसेको पुननिर्माण प्राधिकरण कार्यकारी समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

एकीकृत नमूना बस्ती विकास गर्नका लागि पुननिर्माणमा जागरण अभियान चलाउने निर्णय भएको प्राधिकरणका सहायक प्रवक्ता डा. भिष्मकुमार भुषालले जानकारी दिए ।

‘स्थानीय जनसहभागिता जुटाउने, स्वयंसेवक परिचलान गर्ने, समाज एकीकरण गर्ने, प्रचारप्रसार गर्ने जस्ता क्रियाकलाप संचालन गर्ने कार्यमा सहकार्य गर्न धुर्मुस सुन्तली फाउन्डेशन जस्ता गैर नाफामुलक सामाजिक संस्थाहरुवाट सहकार्य गर्न प्रस्ताव प्राप्त गर्ने निर्णय भएको छ,’ भुषालले भने ।

प्राधिकरणले माघ २१ देखि फागुन २० सम्म एक महिनाका लागि पुनर्निर्माण अभियानमा स्वयंसेवकको रुपमा खटाईदिने व्यवस्था मिलाउन विश्व विद्यालयहरुलाई निर्देशन दिनका निम्ति विश्व विद्यालयको कुलपति समेत रहेका प्राधिकरण निर्देशक समितिका अध्यक्ष प्रधानमन्त्रीसँग अनुरोध गर्ने निर्णय पनि गरेको छ ।

पुननिर्माण कार्यमा दक्ष जनशक्तिको अभाव भएको र कार्यस्थलमा खटिएका प्राबिधिक कर्मचारीले पुननिर्माण कार्यमा आफ्ना माग राखेर अवरोध सिर्जना गरिरहेको समयमा प्राधिकरणले त्यसको विकल्प पनि खोजेको छ ।

यसका लागि विभिन्न विश्व विद्यालय अन्तर्गतका ईन्जिनियरिङ संकाय कलेजमा सिभिल ईन्जिनियरिङ्गको अन्तिम वर्षमा अध्ययनरत विद्यार्थीहरुलाई एक महिना स्वयम सेबकको रुपमा खटाउने भएको छ ।

प्राधिकरणले माघ २१ देखि फागुन २० सम्म एक महिनाका लागि पुनर्निर्माण अभियानमा स्वयंसेवकको रुपमा खटाईदिने व्यवस्था मिलाउन विश्व विद्यालयहरुलाई निर्देशन दिनका निम्ति विश्व विद्यालयको कुलपति समेत रहेका प्राधिकरण निर्देशक समितिका अध्यक्ष प्रधानमन्त्रीसँग अनुरोध गर्ने निर्णय पनि गरेको छ ।

प्राधिकरण अन्तर्गत रहेको केन्द्रीय गुनासो सुनुवाई समितिको पुस २८ को निर्णयानुसार कार्यकारी समितिमा पेश हुन आएका लाभग्राहीमा पर्ने गुनासोहरु १८ हजार ५००, गैर लाभग्राहीमा पर्ने गुनासोहरु ३० हजार ९२५, फिल्ड सर्भेक्षण गर्नुपर्ने १७ हजार ६५४ र फिल्ड भेरिफिकेशन गर्नुपर्ने ३ हजार ४३२ संलग्न अनुसूची अनुसारका गुनासोहरुको फर्छ्र्यौट गर्ने सम्बन्धी सिफारिस स्वीकृत गरिएको छ ।

यसरी स्वीकृत भएका गुनासोहरु सम्बधित गाविस एवं नगरपालिकाहरुमा नामावली प्रकाशन गर्ने व्यवस्था मिलाउन संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाईलाई निर्देशन दिने निर्णय पनि भएको छ । फिल्ड सर्भेक्षण र फिल्ड भेरिफिकेशन कार्य हाल उपलब्ध जनशक्ति प्रयोग गरी माघ मसान्तभित्र सम्पन्न गर्न सहरी विकास मन्त्रालय, केन्द्रीय आयोजना कार्यान्वयन इकाईलाई जिम्मेवारी दिने निर्णय भएको भुषालले जानकार िदिए ।

प्राधिकरणका नबनियुक्त प्रमुख कार्यकारी अधिकृत डा. गोविन्दराज पोखरेलको अध्यक्षतामा सो बैठक बसेको थियो । डा. पोखरेलले आगामी बर्खायाम अघि नै सर्बसाधारणका घर बनिसक्ने वातावरण मिलाउने गरी काम अघि बढाउने बताएका थिए ।

यस्तै उनले सम्पदा निर्माण र जिविकोपार्जनका कार्यक्रम पनि प्रभावकारी ढंगले सँगै अगाडि बढाउनु पर्ने बताएका छन् । उनले बुधबार प्रातिकरणको प्रमुख कार्यकारी अधिकृतको कार्यभार सम्हाल्दै यस्तो बताएका हुन् । सरकारले बुधबार मात्रै उनलाई प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको थियो ।


क्लिकमान्डु