कसमस डेभलपमेन्ट बैंकले २४ प्रतिशत बोनस दिने



काठमाडौं । कसमस डेभलपमेन्ट बैंकले आफ्ना शेयरधनीहरुलाई २४ प्रतिशत बोनस शेयर दिने भएको छ । बैंकको यहि बुधबार बसेको छैठौं बार्षिक साधारण सभाले आ.व. २०७२/०७३ सम्मको संचित मुनाफावाट २३.६० प्रतिशत वोनस शेयर वितरण गर्ने र नगद लाभाँस रकम रु. ६ लाख २४ हजार ९३४ बितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

कार्यक्रममा बैंकका अध्यक्ष प्रा. डा. टेकनाथ ढकालले संस्थापक शेयरधनीहरुको समुहमा ५१ प्रतिशत शेयर कायम राखि सो समुहको वाँकी ९ प्रतिशत शेयर सर्वसाधारण समुहमा परिणत गर्ने तथा सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडसंग मर्जर सम्वन्धी सम्झौता पत्रमा हस्ताक्षर सहित भईसकेको जानकारी गराए ।

आर्थिक वर्ष २०७२/०७३ मा बैकले रु ६३ कराेड १४ लाख ६९ हजार निक्षेप संकलन गरि रु ४९ कराेड ३८ लाख ७८ हजार ६६४ लगानि समेत गरि रु १ कराेड ५१ लाख १२ हजार १७२ मुनाफा कमाउन सफल भएको छ । हाल बैंकले गोरखा जिल्लाको सदरमुकाम गोरखा बजार हरमटारीमा प्रधान कार्यालय, आरुघाट, घ्याम्पेसाल र पालुङटारमा गरी ३ वटा शाखा कार्यालयका साथै गो.न.पा. ९, छेवेटारमा एक्सटेन्सन काउन्टर  स्थापना गरिसकेको जानकारी दिएको छ ।


क्लिकमान्डु