सनराइजको हकप्रद बिक्री प्रबन्धकमा प्रभु क्यापिटल




काठमाडौं । सनराइज बैंकले निस्कासन गर्न लागेको हकप्रद सेयरको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल नियुक्त भएको छ ।

सनराइजले १ः०.३० अनुपातको हकप्रद सेयर निस्कासन गर्न लागेको हो । बैंकले १०० रुपैयाँको दरले १ करोड ६३ लाख ५९ हजार ६ सय ३६ कित्ता हकप्रद सेयर जारी गर्न लागेको छ ।

निष्कासन तथा बिक्री प्रवन्धक सम्झौतामा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रत्न राज बज्राचार्य तथा शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलका तर्फबाट महा–प्रबन्धक शंकर प्रसाद कालीकोटाले हस्ताक्षर गरे । बैंकको नवौं वार्षिक साधारण सभाले कम्पनीको अधिकृत पुँजी १० अर्ब पु¥याउने निर्णय गरेको छ ।


क्लिकमान्डु