दुई दिनसम्म दोहोरो अंकले बढेको नेप्से आज स्थिर, कारोबार रकम पनि थोरै घट्यो




काठमाडौं । आज बुधबार नेप्से परिसुचक झिनो अंकले घटेको छ । अघिल्ला दुई दिन दोहोरो अंकले बढेको बजार आज ०.३९ अंकले घटेर १४७६.५१ अंकमा आएको छ ।

अघिल्लो दिनको तुलनामा कारोबार रकमसमेत करीब १ करोडले घटेको नेप्सेमा आज १२० कम्पनीको ४५ लाख ६४ हजार ६ सय ४८ कित्ता सेयर कारोबार भएको छ । कारोबार रकम भने ३६ करोड ५५ लाख ४ हजार ८ सय ९९ रुपैयाँमा सिमित भएको छ ।

बैंकिङ, होटल, बित्त र अन्य सूचक थोरै बढे पनि बिकास बैंक, हाइड्रो र बीमा भने घटेका छन् ।

कारोबारका हिसाबले नबिल ब्यालेन्स फण्डको सबैभन्दा बढि ४ करोड ४९ लाखको कारोबार भयो भने नेपाल लाइफ इन्स्योरेन्स र एभरेष्ट बैंक २ करोड ३६ लाख र २ करोड ३३ लाखका साथ दोस्रो र तस्रो स्थानमा रहे ।

सहयोगी बिकास बैंक र कर्णाली बिकास बैंकका लगानीकर्ताले सबैभन्दा बढि १०–१० प्रतिशतका हिसाबले कमाएका छन् भने एनबी इन्स्योरेन्सका लगानीकर्ताले सबैभन्दा बढि ६.२ प्रतिशतले गुमाएका छन् ।


क्लिकमान्डु