पुननिर्माण प्राधिकरणका प्रमुख ज्ञवाली हटाइए, डा. पोखरेल प्रमुखमा नियुक्त




काठमाडौं । सरकारले राष्ट्रिय पुननिर्माण प्राधिकरणको प्रमुख कार्यकारी सुशील ज्ञवालीलाई हटाएको छ । ज्ञवालीलाई हटाएर प्राधिकरणको प्रमुख कार्यकारीमा डा. गोबिन्दराज पोखरेललाई नियुक्त गरिएको छ ।

बुधबार विहान बसेको मन्त्रिपरिषद बैठकले ज्ञवालीलाई हटाएर डा. पोखरेललाई नियुक्त गर्ने निर्णय गरको हो । डा. पोखरेल राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष हुन् । यस्तै ऐन पारित हुनुअघि प्राधिकरणको प्रमुख कार्यकारी पनि भएका थिए ।


क्लिकमान्डु