बाफिया पारित, बैंक संचालनको १० बर्षपछि प्रमोटर सेयर साधारण गर्न पाइने




काठमाडौं । बैंक तथा वित्तीय संस्था सम्बन्धी कानूनमा संसोधन तथा एकीकरण गर्न बनेको विधेयक (बाफिया) आज व्यवस्थापिका संसद्बा ट पारित भएको छ ।

मंगलबार बसेको ब्यवस्थापिका संसदको बैठकले विधयेक पारित गरेको हो । विगतमा अर्थसमितिमा पास गरेको बाफिया व्यवस्थापिका संसद्ले समितिमा फर्कादिएको थियो । संसद्ले समितिलाई ९ बुँदामा पुनः छलफलका लागि पठाएको विधेयकमा समितिले अर्थमन्त्री र गभर्नरमा बिबादित विषय सहमतीमा टुङ्गाएको थियो ।

बाफियामा बैंक तथा वित्तीय संस्था संचालनमा आएको १० वर्षपछि संस्थापक सेयरलाई साधारणमा परिणत गर्न सकिने व्यवस्था राखिएको छ । अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृतको कार्यकाल दुई कार्यकालका लागि तोएिको छ । यस्तै संवैधानिक पद धारण गरेको व्यक्तिलाई बैंक तथा वित्तीय संस्थामा संचालक बन्नका लागि रोक लगाइएको छ ।


क्लिकमान्डु