भार्गव विकास बैंकको २० प्रतिशत बोनस सेयर पारित, संचालक समितिमा नयाँ सदस्य



काठमाडौं । भार्गव विकास बैंकको ९औँ साधारण सम्पन्न भएको छ । उक्त सभाले आर्थिक बर्ष २०७२/०७३ को आय बाट शेयरधनीलाई चुक्ता पुँजीको २० प्रतिशत बोनस शेयर तथा १.०५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव साधारण सभाबाट पारित गरेको छ ।

मर्जर वा एक्युजीसनमा जाने उपयुक्त निर्णय लिने अख्तियारी संचालक समितिलाई दिएको छ । साथै साभाले संस्थापक शेयरधनीहरुको तर्फबाट कान्ती सिजापति भण्डारी, कृष्ण प्रसाद बासकोटा, पुर्ण बहादुर चन्द र अमर बहादुर विष्टलाई निर्विरोध निर्वाचित गरेको छ ।

बैंकले चालु आर्थिक वर्षको असोज मसान्त सम्म १ अर्व ५२ करोड निक्षेप संकलन गरी १ अर्व २३ करोड कर्जा लगानी गरेको छ ।

बाँके, बर्दिया र दाङ्ग जिल्लामा कार्यक्षेत्र रहेको यस स्थानिय विकास बैकको हाल केन्द्रिय कार्यालय सहित ९ वटा शाखा संचालनमा रहेका छन् ।


क्लिकमान्डु