पोर्क कुल्नरी ट्रेनिङ्ग सम्पन्न, किसानले कुखुरामा भन्दा बंगुरमा बढी फाइदा लिन सक्ने




बंगुरका मासुप्रतिको बढ्दो चाहनालाई ध्यान दिएर पहिलो पटक आयोजित पोर्क कुल्नरी ट्रेनिङ्ग शनिबार सम्पन्न भएको छ । तालिम पौष २१ देखि २३ गतेसम्म राजधानीको गेट कलेजमा आयोजना गरिएको थियो ।

बेलायती सहयोग नियोग यूके एडको सहयोगमा सामथ्र्य, सिप्रेड, नेपाल बंगुर व्यवसायी महासंघ र गेट कलेजद्वारा आयोजित यो तालिम कार्यक्रममा नेपालका पाँचै विकास क्षेत्रका २५ जनाको सहभागिता रहेको थियो ।

‘बंगुरको मासु पनि स्वास्थ्यका लागि लाभदायक हुन्छ भन्ने कुरा आममानिसहरूमा जनचेतना जगाउने उद्देश्यले यो तालिम कार्यक्रम आयोजना गरिएको हो,’ तालिमका संयोजक गेट कलेजका प्रमुख प्रशिक्षक कुमार चालिसेले भने ।

‘व्यावसायिक रुपमा १ हजार कुखुरा पाल्नुभन्दा एउटा बंगुर पाल्नु फाइदाजनक छ, यसबाट हुने आर्थिक लाभ पनि धेरै छ,’ बंगुर व्यवसायी महासंघका अध्यक्ष उमेशकुमार राई कार्यक्रममा सुनाए ।

उक्त कार्यक्रममा सेफ कुमार चालिसेद्वारा लिखित पोर्क कुलनरी बुकको गेट कलेजका प्रमुख कार्यकारी अधिकृत खेम लकाईंले विमोचन गरेका थिए ।


क्लिकमान्डु