निजामती कर्मचारीलाइ प्रोत्साहन भत्ता दिने सरकारको निर्णय




काठमाडौं । सरकारले तोकिएको समयावधिभन्दा बढी सेवा (काम) गर्ने कर्मचारीलाई प्रोत्साहन भत्ता दिने भएको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले तोकिएको समयावधिभन्दा बढी सेवा गर्ने कर्मचारीलाई प्रोत्साहन भत्ता दिने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले बैठकमा संघ, प्रदेश, स्थानीय तहका कार्यविस्तृतीकरण, अधिकार सूचीका बारेमा व्यापक छलफल भई यसलाई मन्त्रिपरिषद्अन्तर्गतको आर्थिक पूर्वाधार समितिमा पठाउने निर्णय गरेको जानकारी दिए ।


क्लिकमान्डु