कार किन्ने सोचमा हुनुहुन्छ भने यी हुन् २०१७ मा आउने कार



गाडी खरिद गर्ने सोच बनाउनु भएको छ । गाडी उत्पादक कम्पनीले सन् २०१७ मा नयाँ मोडल बजारमा ल्याउदै छन् । नेपाली बजारमा कार उपभोक्ता हरेक बर्ष ४० प्रतिशतको दरले बढ्दै गएका छन् । प्रतिव्यक्ति आम्दानीको दृष्टिकोणले कमजोर रहेपनि नेपाली बजारमा विश्व प्रसिद्ध ब्राण्डहरुको बाक्लो उपस्थिती रहेको छ ।

सन् २०१७ को सुरुवात सँगै अटो निर्माता कम्पनीले आफ्ना उत्पादन सार्वजानिक गर्ने होड्वाजी सुरु भएको छ ।

यसरी सर्बजानिक गर्ने दौडमा हुण्डाई सबैभन्दा अगाडी रहेको छ । त्यसपछि टोयोटा, टाटा, मारुती सुजुकी भक्सवागन लगायतका गाडीहरु अगाडी देखिन्छन् ।

यी हुन् २०१७ मा सार्वजानिक हुने गाडीहरु

टोयोटा भिओस

जापानको अटोमोबाइल उत्पादक कम्पनी टोयोटाले २०१७ मा टोयटा भिओस गाडी बजारमा ल्याउने तयारी गरेको छ । स्टाइलको मामलामा आफूलाई उच्च स्तरमा राख्न सफल रहेको टोयटाको भिओसलाई विश्व बजारले निकै चासोका साथ हेरिरहेको छ ।

लेक्सस् आरएक्स

लेक्सस् टोयोटाको आरामदायी कार हो । चोरीबाट बच्नका लागि अलार्म तथा आटोमेटिक हेड लाईट रहेको छ । यो कार टोयोटाले यसै बर्ष सार्वजानीक गर्ने जनाएको छ ।

त्यसैगरी उसले लेक्सस् एलएस पनि यसै बर्ष सार्बजानीक गर्दैछ । यो टोयोटाको अर्को आरामदायी कार हो । यसमा ४ सय ३८ ब्रेक हर्स पावर रहेको छ । शक्तिशाली इन्जन जडीत यो कार निकै प्रतिक्षीत कारको रुपमा रहेको छ ।

मारुती सूजुकी इग्निस

पेट्रोल इन्जन रहेको मारुती सूजुकी इग्निस १२ जनवरी २०१७ मा भारतमा सार्वजनिक हुँदैछ । यस कारले ‘महिन्द्रा केयुभी हन्ड्रे’ लाई चुनौती दिने कम्पनीले दाबी गरेको छ ।

हुण्डाई

कोरियन कार निर्माता कम्पनी हुण्डाईले २०१७ मा ५ वटा उत्पादन बजारमा ल्याउने भएको छ ।

हुन्डाई इओनिक

तीनवटा विद्युतिय टे«नको विकल्पको रुपमा बजारमा आउन लागेको हुन्डाई इओनिकले संसारको पहिलो गाडी हो । इओनिकका अहिले तीन मोडेल आउन लागेको छ । जसमा इओनिक हाइब्रिड, इओनिक इलेक्ट्रिक, इओनिक प्लग इन रहेका छन् । हाइब्रिड र प्लग इन नयाँ कप्पा १.६ लिटर, ४ सिलिण्डर, डुवल सिक्स स्पिड ग्रेयर बक्ससँगै जिडीआई पेट्रोल इन्जिन भएको कारले १ सय ४ हर्स पावर उत्पान गर्छ ।

हुन्डाई आई २० स्पोर्ट

जर्मन टेक्नोलोजिमा निर्माण भएको हुन्डाई आई २० स्पोर्टमा टि–जिडीआई इन्जिन रहेको छ । ३ वटा टर्वो पेट्रोल सिलिन्डर भएको आई२० मनुअल ६ ग्रेरमा उपलब्ध हुनेछ ।

हुन्डाई हेक्सा स्पेस

हुन्डाई हेक्सा स्पेस २०१७ को सुरुवाती महिनामा सार्वजनिक हुने तयारीमा रहेको मिनी भ्यान हो । यसको प्रतिस्पर्धा महिन्द्रको यू ३०१ सँग हुण्डाइले जनाएको छ ।

न्यू हुन्डाई फिल्यूडिक भर्ना

रेसिङ कार जस्तो देखिने न्यू हुन्डाई फिल्यूडिक भर्ना पेट्रोल र डिजेल दुबै इन्जिनमा रहेको छ । न्यू हुन्डाई फिल्यूडिक वेरना २०१७ मा बजारमा उपलब्ध हुनेछ ।

रेनोल्ट कप्तुर

५ सिट भएको रेनोल्ट कप्तुर रसियाको एकदमै लोकप्रिय कार हो । २०१७ देखि कप्तुर संभवत नेपाली बजारमा समेत आउने छ ।

टाटा हेक्सा

टाटा हेक्सा १८ जनवरी २०१७ देखि बजारमा उपलब्ध हुनेछ । यो एसयुभी गाडी हो । मानिस बस्न र सामानहरु राख्नका लागि गाडीमा प्रसस्त ठाउँ रहेको छ । सुरक्षालाई प्राथमिकतामा राखेर निर्माण गरिएको कारमा एविएस, इविडी र ६ वटा एअर ब्याग रहेको छ ।

टाटा नेक्सन

टाटा नेक्सनल २०१७ को फेब्रअरीको देखि भारतिय बजारमा उपलब्ध हुनेछ । बेलायतको चर्चित मोटर रेन्ज रोभरको जस्तो डिजाईनमा नेक्सन आउन लागेको हो । यो कार पेट्रोल र डिजल दुबै इन्जिन उपलव्ध हुने एसयूभी कार हो ।

न्यू साङयोङ टिभोली

न्यू साङयोङ टिभोलीको आफ्नो डिजाइनमा एक्सआइभी एअर र एआइभी एडभेन्जर जस्तो देखाउदै नयाँ सिरिज ल्याउने भएको छ । यो एसयूभी कार हो ।

न्यू निशान एक्स– ट्रेल

टेरानोको बजारमा राम्रो उपस्थिति पछि निसानले तेस्रो पुस्ताको एसयूभी बजारमा ल्याउने तयारीमा रहेको छ । एक्स ट्रेल कार पेट्रोल इन्जिन र हाइब्रिट इन्जिमा उपलब्ध हुनेछ ।

होन्डा डब्लुआर–भी

माइलेज प्रति सर्तक ग्राहकहरुलाई ध्यानमा राखेर निर्माण गरिएको होन्डा डब्लुआर–भीले १९ किमी माइलेज दिने कम्पनीले दाबी गरेको छ । यो कार यसै बर्ष बजारमा आउने छ ।

ड्टशन गो–क्रस

बजेट प्रति सजक ग्राहकहरुलाई लक्षित गरेर निर्माण गरिएको ड्टशन गो–क्रस डिजल इन्जिनमा उपलब्ध हुने छ । यो कार पनि नयाँ बर्षको सुरुवातमा नै बजारमा उपलव्ध हुने छ ।

न्यू मिस्युभिसी पजेरो स्पोर्ट

डिजलबाट चल्ने न्यू मिस्युभिसी पजेरो स्पोर्ट यस बर्ष नै सार्वजानीक हुने छ । यसमा विद्यृतिय ब्रेक जडान गरिएको छ ।

भक्सवागन पसाट जिटिइ

भक्सवागनले पासटलाई २०१७ देखि दक्षिण एसियाली बजारमा ल्याउने तयारी गरेको छ । यो नयाँ मोडेल अन्तर्राष्ट्रिय बजारमा भने बिक्री सुरु भइसकेको छ । ग्राउन क्लियरेन्स पूरानो भन्दा ७९ मिलिमिटर अग्लो र पहिले भन्दा ट्यांकी २१ लिटर अट्ने बनाएको छ । एजेन्सीकाे सहयाेगमा


क्लिकमान्डु