पुँजी बजार घट्ने क्रम जारी, कारोवार रकममा झिनो वृद्धि



सेयर बजारमा आज पनि उच्च गिरावट आएको छ । गत साताभर ५४ अंकले घटेको नेप्से परिसूचक यो साता कारोबार भएको पहिलो दिन सोमबार ४३ अंकले घटेको थियो भने आज कारोबारको दोस्रो दिन मंगलबार पनि २५ दशमलव ०४ अंकले घटेको छ । आज कारोबार रकम भने झिनो अंकले बढेको छ ।

बित्तीय क्षेत्रमा तरलता अभाव सँगै बढेको ब्याजदरका कारण सेयर लगानीकर्ता बजारमा आकर्षित हुन सकेका छैनन् ।

नेप्से परिसूचक मंगलबार बजार खुलेदेखि नै निरन्तर घटेको थियो । कारोबार सुरु हुँदा १ हजार ४ सय ३२ दशमलव ५७ रहेको नेप्से १ हजार ४ सय ७ दशमलव शुन्य ४ अंकमा आइपुगेको छ ।

नेप्से परिसूचक सँगै ‘क’ बर्गका कम्पनीको सेन्सेटिभ इन्डेक्स पनि ५ दशमलव ४८ अंकले घटेको छ ।

मंगलबार नेप्सेमा कारोबार भएका सम्पूर्ण समूहगत परिसूचक पनि घटेका छन् । काराबार रकममा भने भिनो बृद्धि भएको छ । हिजो ४८ करोडको कारोबार भएको थियो आज ५४ करोड ५० लाखको कारोवार भएको छ ।

आज नेप्सेमा १३० कम्पनीका १० लाख ४१ हजार २ सय २० कित्ता सेयर किनबेच भएको छ ।

 


क्लिकमान्डु