पुँजी बजारमा पहिरो, सबै परिसुचक घटे




काठमाडौं । यो साताको सेयर बजार खुलेको पहिलो दिन नै पूजी बजारमा पहिरो गएको छ । सोमबार पूजी बजार मापक नेप्से परिसुचक करिब ४३ अंकले घटेको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले दिएको जानकारी अनुसार सोमबार नेप्से परिसुचक ४२.८४ अंकले घटेर १४३२.५७ विन्दुमा आइपुगेको छ । सो दिन १३० कम्पनीका १५ लाख ५० हजार २२५ कित्ता सेयर ४८ करोड १२ लाख ४७ हजार रुपैयाँमा खरिद विक्री भएका छन् ।

सो दिन सवै समुहका उपसुचक घटेका छन् । बैंकिङ समुहको उपसुचक ४०.८६ अंकले, होटल समुहको उपसुचक ३७ अंकले, विकास बैंक समुहको उपसुचक ३३.१९ अंकले र जलविद्युत समुहको उपसुचक ४४.१६ अंकले घटेका छन् ।

यस्तै वित्त कम्पनी समुहको उपसुचक १९.९४ अंकले, बीमा समुहको उपसुचक ३११ अंकले र अन्य समुहको उपसुचक १८.८ अंकले घटेका छन् । समग्रमा नेप्से परिसुचक २.९ प्रतिशतले घटेको छ ।


क्लिकमान्डु