ट्राफिक निगरानी बढाउन हुन्डाईले दियो २५ थान क्यामेरा




काठमाडौं । हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले कर्पोरेट सामाजिक उतरदायित्व अन्तर्गत जिल्ला प्रहरी कार्यालय, कास्कीलाई २५ थान क्यामरा हस्तान्तरण गरेको छ ।

हुन्डार्ई मोटर्सले आफ्नो कर्पोरेट सामाजिक उतरदायित्व अभियान ६ वटा विषय ड्रिम मुभ, नेक्स्ट मुभ, इजी मुभ, ग्रीन मुभ, सेफ मुभ र ह्याप्पी मुभमा गर्दै आएको  छ । यी हरेक कदमहरुले समाजमा गर्दै आएको योगदानमा कम्पनीको दृष्टिकोण झल्किरहेकोे कम्पनीको भनाइ छ ।

ट्राफिक सुरक्षा अभियान अन्तराष्ट्रिय हुन्डाई कर्पोरेट सामाजिक उतरदायित्वको मुख्य आधार रहिआएकोे छ । सेफमुभ अन्तर्गत हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलका अध्यक्ष गणेश बहादुर श्रेष्ठले २५ थान ड्यास क्याम कास्कीका जिल्ला प्रहरी प्रमुख डिआइजी कमल सिंंंह बमलाई हस्तान्तरण गरेको हुन् ।

सो ड्यासबोर्ड क्यामराले गाडीको विन्डस्क्रीनबाट निरन्तर भिडियो रेकर्ड गर्न सक्नेछ । सो क्यामरा विन्डस्क्रीनको भित्री भाग वा ड्यासबोर्डको माथिलो भागमा जडान गर्न सकिने छ । यसले दुर्घटनाको प्रमाण दिनुका साथै ट्राफिक नियम उल्लंघन र बीमा ठगीहरु पनि नियन्त्रण गर्न सहयोग पुराउने कम्पनीले जानकारी दिएको छ । यसले ट्राफिक व्यवस्थापनको पनि अध्ययन गर्न सघाउने बताइएको छ ।


क्लिकमान्डु