चिलिमेले २० प्रतिशत लाभांश दिने



काठमाडौँ । चिलिमे जलविद्युत् कम्पनीले आफ्ना सेयरधनीलाई २० प्रतिशत लाभांश दिने भएको छ ।

जलविद्युत् कम्पनीमध्येको उत्कृष्ट चिलिमेले आफ्ना सेयरधनीलाई गत आवको नाफाबाट कुल २० प्रतिशत लाभांश दिने घोषणा गरेको हो । कम्पनीले १० प्रतिशत बोनस र करसहित १० प्रतिशत नगद लाभांश पनि वितरण गर्ने भएको हो ।

कम्पनीको वार्षिक साधारणसभाबाट पारित भएपछि लगानीकर्ताले लाभांश पाउने छन् । गत आवमा ९३ करोड नाफा कमाएको उक्त कम्पनीको चुक्ता पुँजी तीन अर्ब १३ करोड रहेको छ । कम्पनीले चालु आवको पहिलो त्रैमासिक अवधिमा ३० करोड नाफा गरेको छ ।

जलविद्युत् कम्पनीमध्ये सबैभन्दा धेरै नाफा कमाउने, प्रतिसेयर आम्दानी धेरै भएको कम्पनी चिलिमे लगानीकर्ताको पहिलो रोजाइमा पर्ने गरेको छ ।


पुष्प दुलाल