कुन मन्त्रीको कति सम्पति ? हेर्नुहोस् पूर्णविवरण



काठमाडौं । प्रधानमन्त्रीको कार्यालयले बुधबार प्रधानमन्त्री तथा सबै मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजानि गरेको छ । सम्पत्ति विवरण सार्वजानिक गर्ने मन्त्रीहरुमध्ये कांग्रेसका मन्त्रीहरु निकै धनी देखिएका छन् ।

तर, प्रधानमन्त्री पुष्पकमल दाहालले भने अस्वभाविकरुपमा आफ्नो सम्पत्ति निकै कम भएको विवरण सार्वजानिक गरेका छन् । उनले आफुसँग जम्मा ३ तोला सुन र जम्मा १ कठ्ठा जमिन मात्रै रहेको सम्पत्ति विवरण सार्वजानिक गरेका छन् ।

यसअघि प्रधानमन्त्री सुशील कोइरालाले सम्पत्तिका नाममा जम्मा ३ वटा मोवाइलमात्रै रहेको उल्लेख गरेका थिए । कोइलालाको सम्पत्ति विवरण सार्वजानिक भएसँगै उनलाई संसारकै सबैभन्दा गरिब प्रधानमन्त्रीकोरुपमा हेरिएको थियो ।

यदि प्रधानमन्त्री प्रचण्डले सार्वजानिक गरेको सम्पत्ति विवरण सही भए प्रचण्ड संभवत कोइरालापछिका विश्वकै दोस्रो गरिब प्रधानमन्त्री हुनेछन् ।

प्रधानमन्त्री तथा मन्त्रीहरुको सम्पत्तिको पूर्ण विवरण हेर्न यहाँ क्लिक गर्नुहोस्


पुष्प दुलाल