एप्पल वर्डको वार्षिकउत्सवः मोबाइल किन्दा मेगा डिस्काउन्ट अफर




काठमाडौं । सिटिभी मोबाइल ग्रुप अन्तर्गत संचालनमा आएको एप्पल वर्ड मोबाइल प्रालिले पहिलो बार्षिकोत्सबको दिन मोबाइल किन्दा मेगा डिस्काउन्ट दिने भएको छ ।

दरवारमार्गस्थित मर्कन्टायल प्लाजामा रहेको एप्पल ग्रुप मोबाइलको बार्षिकोत्सव बुधबार मोबाइल खरिद गर्ने ग्राहकहरुलाई हरेक मोबाइल तथा एशोसरिजको खरिदमा मेगा डिस्काउन्ट दिने ब्यबस्था मिलाइएको प्रबन्ध निर्देशक अलाइभ ग्लाइडरले जानकारी दिए ।

बार्षिकोत्सबकै दिन पारेर सिटीभी मोबाइल ताम्राकार कम्प्लेक्स, द वर्डभिजन मोबाइल, सिटीसी मल, सिटिभी लिंक इलेक्ट्रोनिक्स केएल टावर चाबहिल र एप्पल वल्र्डले संयुक्त रुपमा दशैंतिहार बम्पर उपहारको लक्की ड्रको घोषणा पनि गर्ने भएको छ ।

बार्षिकोत्सकै अबसर पारी अंग्रेजी नयाँ बर्ष सम्मका लागि नयाँ योजना सार्वजनिक गर्ने कार्यक्रम रहेको निर्देशक संगम राइले जानकारी दिए ।


पुष्प दुलाल