जग्गा कब्जा गर्नेलाई प्रहरी लगाएर लखेट्यो नागरिक लगानी कोषले




काठमाडौं । करिब १६ बर्षदेखि तरकारी ब्यापारीले कब्जामा लिएको नागरिक लगानी कोषको नयाँ बानेश्वरको करिब ६ रोपनी जग्गा कोषले फिर्ता लिएको छ । गत शनिवार कोषले प्रहरीको सहयोगमा सो जमिन फिर्ता लिएको हो ।

ब्यापारीले सित्तैमा कब्जामा लिएर प्रयोग गरिरहेको जमिन प्रहरीको सहयोगमा फिर्ता लिइएको कोषका सुचना अधिकारी उद्धब सिलवालले जानकारी दिए । सो ठाउमा करिब २ सय जना तरकारी ब्यापारीले जमिन प्रयोग गरेर ब्यापार गरिरहेका थिए । कोषले करिब २ सय जना प्रहरीको सहयोगमा जमिन फिर्ता लिएको सिलवालको भनाइ छ ।

‘करोडौं मूल्यका जमिन तरकारी ब्यापारीले सित्तैमा प्रयोग गरिरहेका थिए, शनिवार प्रहरी प्रशासनको सहयोगमा कोषले फिर्ता लिएको छ,’ सिलवालले क्किमाण्डूसँग भने ।

कोषले यसअघि नै सो जमिन आफूले फिर्ता लिने निर्णय गरेपनि कार्यान्वयन हुन सकेको थिएन । कोषले गत बर्ष जमिन खाली गर्न ब्यापारीहरुलाई पत्राचार गरेको भएपनि सो विरुद्ध ब्यापारीहरु अदालत गएका थिए । अदालतले कोषको पक्षमा फैसला गरेपछि प्रहरी लगाएर जमिन खाली गरिएको हो ।

कोषले सो ठाउमा ब्यापारिक भबन बनाउने निर्णय गरिसकेको छ । तर ब्यापारीको अबरोधको कारण सम्भब भएको थिएन ।

‘संस्थाको आधुनिक एवं प्रतिष्पर्धी सेवा प्रवाहमैत्री ब्यवसायिक भवन नहुंदा सहभागी, सेवाग्राहीलाई सहज एवं गुणस्तरीय सेवा प्रदान गर्न अप्ठ्यारो परेको अवस्थामा केहि निहित स्वार्थ भएका सरकारी सम्पत्ती हडपेर निजी आय आर्जन गरिरहेका ब्यक्ति तथा ब्यक्तिहरुको हुलले सम्झौता समाप्त भएको वर्षै वर्षसम्म पनि जग्गा कब्जामा लिई ब्यवसायिक भवन निर्माणमा अवरोध पु¥याई रहेका थिए, सयौं पटक लिखित, मौखिक तथा न्यायिक आग्रह तथा आदेशलाई अटेर गरी बसिरहेकोले सरकारको सहयोगमा जग्गा आफ्नो उपयोगमा ल्याउन सफल भएको छ,’ कोषले विज्ञप्ति जारी गर्दै उल्लेख गरेको छ ।


क्लिकमान्डु