अब प्लास्टिकको नोट प्रचलनमा ल्याउँदै भारत




काठमाडौं । भारत सरकारले प्लास्टिको नोट छाप्ने भएको छ । शुक्रबारको संसद बैठकमा भारतको केन्द्रिय सरकारले छिट्टै प्लास्टिकको नोट ल्याउने जानकारी दिएको हो ।

समचार एजेन्सी पीटीआईका अनुसार वित्त राज्यमन्त्री अर्जुन राम मेघवालले लोसभामा एक प्रश्नको उत्तर दिँदै यस्तो जानकारी दिएका हुन् ।

‘प्लास्टिकको नोट छाप्ने घोषणा भइसकेको छ, यसका लागि आवश्यक सबै प्रक्रिया सुरु भईसकेको छ,’ उनले भनेका छन् ।

रिजर्व बैंक अफ इन्डिया लामो समय देखि प्लास्टिको नोट छाप्ने योजना बनाइरहेको थियो ।

फेब्रुअरी २०१४ मा भारत सरकारले प्रयोग स्वरुप १० रुपैयाँको १ अर्ब प्लास्टिकको नोट चार ठूलो सहरमा ल्याउने संसदमा निर्णय भएको थियो । यसका लागि कोच्चि, जयपुर, शिमला र भुवनेश्व चयन गरिएको थियो ।

प्लास्टिको नोट औसतन पाँच वर्षसम्म चल्छ र नक्कली नोट बनाउन कागजको जतिको सजिलो हुन्न । कागजको नोटको तुलनामा प्लास्टिमा छपाई राम्रो हुन्छ ।


क्लिकमान्डु