अमेरिकी दुताबास नै नक्कली, ६० हजार डलरमा भिसा पक्का




काठमाडौं । बजारमा स्थापित हरेक सामानको नक्कलीकरण गरिन्छ । चाहे त्यो खाद्य वस्तु होस् या उपयोग्य वस्तु । छिमेकी राष्ट्र भारतले नोट बन्दी गर्नुको एउटा कारण नक्कली नोट पनि हो ।

केही मानिस नक्कली बनाउन यति माहिर देखिए कि पश्चिम अफ्रिकी देश घानाकमा संसारकै सबैभन्दा शक्तिशाली देशको दुतावास नै नक्कली बनाइयो ।

बीबीसीका अनुसार १० वर्ष अगाडि निर्माण गरिएको  त्यस नक्कली दूतावासमा अमेरिकी राष्ट्रपति बाराक ओबामाको ठूलो फोटो राखेर सन्चालन गरिएको थियो ।

यस्तो नक्कली राजदूतावास मार्फत टर्की र घानाका  हजारौं मानिस अमेरिका पुगिसकेका छन् । भिसाका लागि प्रत्येक व्यक्तिबाट ६० हजार अमेरिकी डलर लिने गरिएको थियो ।

यस्तो छ, नक्कली दूताबसले जारी गरेको भिजा

अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार केहि भ्रष्ट अमेरिकी अधिकारीहरुले पैसा खाएर नक्कली राजदूतावास निर्माणका लागि सहयोग गरेका थिए । अमेरिकी सरकारले नक्कली राजदूतावास अहिले भने बन्द गरिसकेको छ ।


क्लिकमान्डु