रहेनन् ‘तितो सत्य’का राजालाम



rp-bhattarai1
काठमाडौं । हास्यकलाकार आरपी भट्टराई अर्थात ‘राजालाम’को निधन भएको छ ।

शुक्रबार विहान सुतेको अवस्थामा मृत भेटिएका भट्टराई  बिहिबार बेलुका फुपुको घर गएका थिए । उनी पेसर र सुगरबाट पिडित थिए ।

आम दर्शककाबीच उनी हास्य सिरियल ‘तित्तो सत्य’ का राजालामको नामले लोकप्रिय थिए ।

उनले दजनैं हास्य सिरियल र फिल्ममा अभिनय गरेका थिए । उनले अभिनय गरेको पछिल्लो फिल्म ‘छक्का पञ्जा’ अहिले हलमा चलिरहेको छ । उनले ‘वडा नम्बर ६’ लगायत केही चर्चित फिल्ममा पनि अभिनय गरेका थिए ।

४२ वर्षीय भट्टराईका दुई छोरा र श्रीमती छन् । केहि समय अगाडि उनले आफ्नै आवजमा ‘कालो रैछु म पनि’ बोलको गीत सार्वजनिक गरेका थिए । जुन गीत युटुवमा पनि हेर्न सकिन्छ ।


क्लिकमान्डु