२ हजारको नोटको मूल्य डेढ लाख



ic1

काठमाडौं । भारतको अनलाईन सपिङ साइड इवेमा धेरै प्रकारको सामानहरु किन्न सकिन्छ । अब त्यसमा २ हजार भारु पनि किन्न सकिने भएको छ ।

इवेमा पाइने यस नोटको मूल्य सुनेर तपाईलाई अचम्म लाग्न सक्छ । २ हजारको नोट किन्नका लागि ३५ सय भारु तिर्नुपर्ने हुन्छ ।

यो नोट किन्नका लागि इवे वेबसाइटमा गएर क्रेडिट कार्ड वा डेविट कार्डबाट पैसा तिर्नु पर्ने हुन्छ ।

यस वेबसाइटमा रहेको ८७६ सिरियल नम्बरको २ हजारको  नोटको मुल्य १ लाख ५० हजार रुपैयाँ राखिएको छ ।

मिडिया रिर्पोटका अनुसार २ हजारको नोटका लागि ३५ सय रुपैयाँ तिर्नु पर्ने भएका कारण अहिलेसम्म कुनै प्रकारको खरिद बिक्री भने भएको छैन ।

इवेले भारतीय प्रधानमन्त्री मोदीले नोटमा लगाएको प्रतिबन्धको मौका छोपी २० रुपैयाँको नोटलाई ९ सय र ७८६ सिरियल नम्बरको ५० रुपैयाँको नोटलाई ५ हजारमा बिक्री गरिसकेको छ ।


क्लिकमान्डु