मेलम्चीमा भेटिएको सुनजस्तो पहेँलो बस्तु सुन नभएको पुष्टी



melamchi-sun

काठमाडौं । मेलम्ची खानोपानी आयोजना क्षेत्रको पहाड खन्दा भेटिएको सुन जस्तो पहेलो बस्तु सुन नभएको पुष्टी भएको छ । खानी विभागले गरेको ल्याब परीक्षणले सो बस्तु सुन नभएको र त्यस क्षेत्रमा तामाको मात्रा पनि असाध्यै कम भएको प्रमाणित भएको हो ।

गत विहिबार आयोजनाको हेडवर्कस राख्नको लागि पहाड खन्दा सुन जस्तै देखिने पहेलो बस्तु भेटिएको थियो । सो बस्तु सुन वा अन्य धातु हुन सक्ने शंका गर्दै आयोजनाले परीक्षणको लागि विभाग पठाएको थियो ।

मंगलबार ल्याब रिपोर्ट आएको र सो बस्तु सुन नभएको प्रमाणित भएको खानी विभागका कायममुकायम महानिर्देशक रामप्रसाद घिमिरेले जानकारी दिए । सो क्षेत्रमा तामा पनि निकै कम मात्रामा रहेको पाइएको उनको भनाइ छ ।

‘सुन त हुदै होइन रहेछ, त्यो बस्तु फ्लोकोफाइड रहेछ, तामाको मात्रा पनि प्रतिकेजी १५ मिलिग्राम अर्थात असाध्यै न्यून मात्रामा रहेछ,’ ल्याब रिपोर्ट पछि घिमिरेले क्लिकमाण्डूसँग भने । सो क्षेत्रमा भेटिएको बस्तु खास प्रयोगमा नआउने खनिज भएको खानी विभागले जानकारी दिएको छ ।

र, यो पनि पढ्नुहोस्- मेलम्ची खानेपानी आयोजना बनाउन पहाड खन्दा भेटियो सुन जस्तै धातु 


क्लिकमान्डु