सिटिजन्स बैंकले १ अर्ब ३८ करोडको हकप्रद सेयर निष्काशन गर्ने



citizen-bank

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलले १ अर्ब ३८ करोड ४३ हजार ३ सय ८० रुपैयाँ बराबरका हकप्रद सेयर निष्काशन गर्ने भएको छ । दशैंअघि सम्पन्न दशौं वार्षिक साधारण सभावाट निर्णय भए वमोजिम बैंकले २५ प्रतिशतको अनुपातमा हकप्रद शेयर निष्काशनको लागि बिक्री प्रवन्धकसमेत नियुक्ति गरिसकेको छ ।

सानिमा क्यापिटललाई बैंकले हकप्रद निष्काशनका लागि विक्री प्रवन्धक नियुक्त गरेको हो । सोमबार भएको सम्झौतामा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेल र सानिमा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरे ।

हाल बैंकको चुक्ता पुँजी ५ अर्व ५३ करोड ७३ लाख ५१ हजार रुपैयाँ छ । हकप्रद शेयरको बाँडफाँटपछि बैंकको चुक्ता पूंजी ६ अर्व ९२ करोड १६ लाख ९० हजार रुपैयाँ पुग्ने जारी विज्ञप्तीमा उल्लेख छ ।
पुग्नेछ ।


क्लिकमान्डु