मेगा बैंकले १३ प्रतिशत बोनस र ६५ प्रतिशत राइट सेयर दिने



mega-bank_20120323094513

काठमाडौं । मेगा बैंकले १३.२५ प्रतिशत बोनस सेयर दिने भएको छ । यस्तै कर प्रयोजनको लागि ०.७० प्रतिशत नगद लाभांश पनि दिने भएको छ ।

यस्तै बैंकले ६५ प्रतिशत राइट सेयर निस्कासन गर्ने भएको छ । १९ मंसिरमा बसेको बैंक संचालक समिति बैठकले यस्तो निर्णय गरेको हो । बैंकले यसको जानकारी नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई गराइसकेको छ ।

बैंक संचालक समितिले गरेको यस्तो निर्णय नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधारणसभाबाट पारित भएपछि कार्यान्वयन हुने छ ।


क्लिकमान्डु