सिद्धार्थ बैंकले ४९ प्रतिशत बोनस दिने



siddrtha-bank

काठमाडौं । सिद्धार्थ बैंकले आफ्ना सेयरधनीलाई झण्डै ४९ प्रतिशत बोनस सेयर दिने भएको छ । घोषणा गरेको यस्तो बोनस हकप्रद सेयर पछि भने ३९ प्रतिशत मात्रै हुनेछ । बैंकले यसअघि नै २५ प्रतिशत हकप्रद सेयर दिने घोषणा गरिसकेको छ ।

बैंकको मंसिर १९ गते बसेको बैंक संचालक समिति बैठकले यस्तो निर्णय गरेको हो । बैठकले ४९.७५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको हो । बैंकले नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई जानकारी गराएको छ ।

यस्तो प्रस्ताव नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधारणसभावाट पारित भएपछि कार्यान्वयन हुनेछ ।


क्लिकमान्डु