अमेरिकी अर्थशास्त्री जेफ्रीले भने- चन्द्रागिरी विश्वका पर्यटकहरुको गन्तब्य



chandragiri

काठमाडौं । गरिबी बिरुद्धको लडाईँका ज्ञाता भनेर चिनिने अमेरिकन अर्थशास्त्री एवं कोलम्बिया विश्वविधालयका प्राध्यापक जेफ्री डी. साच्सले चन्द्रागिरी हिल्स काठमाडौं आर्थिक विकास मात्रै नभई हिल्स विश्वकै पर्यटकहरुको आकर्षणको केन्द्रविन्दु भएको बताएका छन् ।

आइतबार सपरिवार चन्द्रागिरीकोअनौपचारिक भ्रमण गर्न पुगेका साच्चाले आगन्तुक पुस्तिकामा चन्द्रागिरी पर्यटकीय पूर्वाधारबाट आफु अत्यन्तै प्रभावित भएको बताएका छन् ।

यस्तो अनुपम पर्यटकीय सम्भावना भएको क्षेत्रलाई नेपाललगायत विश्वका पर्यटकहरुको पहुँच माल्याउन सफल भएकोमा साच्चले कम्पनीका अध्यक्ष चन्द्रप्रसाद ढकालमार्फत् सबैलाई दिए ।

साच्चले नेपाल र नेपालीको सुःख, शान्ति र समृद्विको कामना व्यक्त गरे । विश्वविख्यात हावर्ड विश्वविधालयमा ३० वर्ष प्राध्यापनको अनुभव संगालेका उनले संयुक्त राष्ट्र संघ ‘सह्रशताब्दी विकास लक्ष्य’ का विशेष सल्लाहकार थिए ।

साच्चले संयुक्त राष्ट्र संघका पुर्व महासचिवद्वय कोफीअन्नान र वानकिमुनको कार्यकालमा योजिम्मेवारी सम्हालेका थिए । चन्द्रागिरी दक्षप्रजापतिको यज्ञमा होमिएकी सतीदेवीको मृत शरीरलाई देवादिदेव महादेवले बोकेर पृथ्वी परिक्रमागर्दा जहाँ सतीदेवीको भाल अर्थात् निधार पतन भएको किंवदन्ती छ । सो ठाउँमा ‘भालेश्वर’ महादेव उत्पन्नभएको कुरा हिमवत्खण्डमा उल्लेख गरिएको छ ।

ब्राह्मण कुलमाजन्मिएकाविरूपाक्षबाटपूर्वजन्मको कर्मको फलस्वरूपविभिन्नपापकर्म एवं मातृगमनसमेत भयो । कुष्ठ रोगले ग्रस्त विरूपाक्षयत्रतत्र बरालिनथाले ।

बरालिँदै जाँदासुनकोशीकोकिनारमा नेमुनिलाई भेटी नेमुनिको उपदेशअनुसार प्रायश्चित्तका लागि चौसठ्ठी शिवलिङ्गको दर्शन गर्न विरूपाक्ष हिँडे । यसरी हिँडेका विरूपाक्षले लिङ्गहरूको दर्शन गर्दै जाँदातीर्थमानुहाएर भालेश्वर महादेवको दर्शनगर्दै पूजाअर्चना गरेको कुराहिमवत्खण्डमा उल्लेख गरिएको छ ।


क्लिकमान्डु