अबैधानिक मोबाइल आयातमा कडाइ गरे २५ प्रतिशत राजस्व बढ्ने



mobile-assion

काठमाडौं । व्यवसायी दिपक मलहोत्राको अध्यक्षतामा नेपालमा पहिलोपटक ‘मोबाईल फोन ईम्पोटर्स एसोशिएसन’को गठन भएको छ । अवैधानिकरुपमा भित्रिने ‘ग्रे मोबाइल’लाई निरुत्साहित गर्ने उद्देश्यले मोबाइल फोन आयातकर्ताहरुको छाता संगठनको गठन गरिएको हो ।

नवगठित एसोशिएसनको अध्यक्ष मलहोत्रा सामसुङ मोवाइलको नेपालका लागि आधिकारिक बिक्रेता आइएमएसका अध्यक्ष हुन् ।

एसोशिएसनको उपाध्यक्षमा संजय अग्रवाल, सचिवमा अमित अग्रवाल र कोषाक्षमा रमेश बहादुर श्रेष्ठ रहेका छन् । आइतबार कार्यसमिति सदस्यहरु भने विस्तार गरिएन ।

नेपालमा हाल ४० ब्राण्डका मोबाइलहरु आयत भइरहेका छन् भने यस संगठनमा २२ वटा मोबाइल ब्राण्डका आयतकर्ताहरु समेटिएका छन् ।

नेपाल भित्रिने मोबाइले बार्षिकरुपमा २ अर्ब रुपैयाँभन्दा बढी राजस्व तिर्ने गरेको छ । यदि अवैधानिकरुपमा नेपाल भित्रिने मोबाइलमाथि कडाई गरिए २० देखि २५ प्रतिशतले राजस्वमा वृद्धि हुने अध्यक्ष मल्होत्राले बताए ।

नेपालमा हाल ४० ब्राण्डका मोबाइलहरु आयत भइरहेका छन् भने यस संगठनमा २२ वटा मोबाइल ब्राण्डका आयतकर्ताहरु समेटिएका छन् ।

नेपालमा भित्रिरहेका अवैधानिक मोबाइलका कारण देशको शान्ति सुरक्षामा पनि गम्भिर प्रभाव पारेको मलहोत्रानले बताए । उनका अनुसार त्यसरी भित्रिने मोबाइलका कारण देशले राजस्व पनि गुमाएका कारण ग्रे मोबाईल आयतलाई निरुत्साहित गर्न एसोशिएसनको गठन भएको हो ।

देशमा मोबाइल व्यवसायले ३२ सयलाई प्रत्यक्ष रोजगारी दिएको छ भने ६० हजारलाई अप्रत्यक्ष रोजगारी दिएको छ । त्यस्तै, १० हजार प्राविधिकले काम गरिरहेको एसोशिएसनले जनाएको छ ।


क्लिकमान्डु