एकै खोलामा ३ जलविद्युत् आयोजना



micro-hydro

रुकुम । रुकुमको एकै खोलामा ३ जलविद्युत् आयोजना सञ्चालन गरिएको छ । रुकुम जिल्लाको चौखावाङ गाविसस्थित चुनखोलामा ३ जलविद्युत् आयोजना निर्माण गरिएको हो । गाविसलाई ‘उज्यालोयुक्त गाविस’ घोषणासमेत गरिएको छ ।

जसबाट सिङ्गो चौखावाङ गाविसका ७ सय ३५ घरलाई उज्यालो बनाएको छ । चुनखोला–१ बाट २३ किलोवाट, चुनखोला–२ बाट ५० किलोवाट र चुनखोला–३ बाट ३६ किलोवाट विद्युत् निर्माण भएको हो ।

चुनखोला–१ बाट चौखावाङ गाविसका २, ३ र ५ वडालाई, चुनखोला २ बाट ४ र ५ वडा र चुनखोला–३ बाट चौखावाङ गाविसका ६, ७, ८ र ९ वडाका सबै घरधूरी उज्यालो भएको चौखावाङ गाविस सचिव गोविन्द बुढाले जानकारी दिए । रुकुम उज्यालो कार्यक्रमअन्तर्गत विद्युत् आयोजना निर्माण भएको हो ।

 


क्लिकमान्डु