डलरमै पीपीए गर्नेगरी माथिल्लो त्रिशूलीको पीडीए तयार



upper-trishuli-1१ मंसिर, काठमाडौं । २१६ मेगावाट विद्युत उत्पादन क्षमताको माथिल्लो त्रिसूल १ जलविद्यसत आयोजनाको आयोजना विकास सम्झौता (पीडीए) रिपोर्ट तयार भएको छ ।

उर्जामन्त्री जनार्दश शर्माले अब बस्ने मन्त्रिपरिषदको बैठकमा पीडीए पेस गर्ने मन्त्रीनिकट स्रोतले क्लिकमाण्डूलाई बतायो ।

‘मन्त्रीस्तरबाट पीडीए रिपोर्ट फाइनल भइसकेको छ, केहीदिन मै मन्त्रीज्यूले मन्त्रिपरिषदमा पेश गर्दै हुनुहुनछ,’ स्रोतले भन्यो ।

उर्जा मन्त्रालय स्रोतकाअनुसार पीडीएमा बढीमा १० वर्षसम्म डलरमा पीपीए र त्यसपछि केही डलर र केही नेपाली रुपैयाँमा पीपीए हुने उल्लेख छ । त्यस्तै, प्रवद्र्धकलाई ३५ वर्षसम्मको विद्युत् उत्पादन अनुमतिपत्र दिने प्रस्ताव छ ।

यो आयोजनाको प्रवद्र्धक नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनी प्रालि हो । जसमा कोरियाली र नेपाली लगानीकर्ताको संयुक्त लगानीमा छ । आयोजना निर्माण गर्नका लागि प्रवद्र्धक कम्पनी नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्टले डलरमा पीपीए हुनुपर्ने माग राख्दै आएको थियो ।

प्रवद्र्धक कम्पनीमा कोरिया साउथ इष्ट पावर कम्पनी लिमिटेडको ५०, डेलिम कन्ट्रक्सन कम्पनी लिमिटेडको १५, केरुङ कन्ट्रक्सन कम्पनी लिमिटेडको १०, र अन्तर्रा्ष्ट्रिय वित्त निगमको १५ र नेपालको जेड पावरको १० प्रतिशत स्वामित्व छ ।

नेपाल वाटरले गरेको अध्ययनले आयोजनाको लागत ५९ करोड अमेरिकी डलर अर्थात झण्डै ६० अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।


क्लिकमान्डु