तीजमा यसरी खिच्नुस् ‘रातो साडीमा राम्रो फोटो’



sunita-dulalआफ्नो तस्विर सुन्दर आओस् भन्ने त अरू बेला पनि लाग्छ नै । त्यसैमा तीजको बेला । रातो साडी, हरियो पोतेमा चिटिक्क परेर रमाइलो गर्दै गरेको बेला तस्वीर अलि विशेष आओस भन्ने तपाइको मनमा पनि होला । राम्रो तस्वीरको लागि महँगो क्यामेरा र व्यबसायिक क्यामेराम्यान नै चाहिन्छ भन्ने छैन् । आँफुसँग भएकै साधारण स्मार्टफोनबाटै यसरी खिच्नुस् राम्रो तस्वीर ।

१. सहि मोड छनौट

तपाई घर भित्र हुनुहुन्छ कि बाहिर, दिउँसो छ कि राती, बत्ती बलेको छ कि जुन लागेको छ । धेरैजसो स्मार्टफोन क्यामेरामा यस्तो अप्सन छनौंट गर्न मिल्छ । यसको छनौटबाट स्वत क्यामेराले रंग र प्रकाशको संवेदनशीलता के छ भन्ने पहिचान गर्न सक्छ । सहि मोड छनौटले तपाइको तपाइको तस्विर प्रस्ट र आकर्षक बनाउँछ ।

२. जुम नगर्नुस्

मोबाइल क्यामेरामा जुम गर्ने सुविधा त हुन्छ तर यो जुम ‘अप्टिकल’ नभइ ‘डिजिटल’ मात्र हो । यस्तो जुमले तस्वीरको स्तरलाई कमजोर मात्र बनाउँछ । डिजिटल जुम भनेको तस्वीर खिचिसके पछि कम्प्युटरमा आकार बढाए जस्तो मात्र हो ।

३. लाइटको ख्याल गर्नुस

बत्ति वा सुर्यको प्रकाश सिधै क्यामेरामा पर्ने गरी तस्विर नखिच्नुस् । जता बाट लाइट आएको छ त्यसलाई पछाडी पारेर खिच्नु भए पनि हुन्छ । तर, सबैभन्दा राम्रो प्रकाशको स्रोतलाई एक साइडमा पारेर खिचेको हुन्छ । तस्वीर राम्रो आउँछ । तस्वीर खिच्दा अनुहारमा छाँया कस्तो परेको छ ख्याल गर्नुस् । कहिलेकाँही छाँयाले पनि सुन्दरता देखाउँन सक्छ ।

३. एचडिआर मोड

अहिलेका स्मार्ट फोनका क्यामेरामा धेरै जसोमा एचडिआर मोडको विकल्प छन् । यो मोडमा क्यामेरा क्लिक गर्दा फरक फरक सेटीङमा केही तस्विरहरू लिन्छ र उपयुक्त छनौँट गरी कैद गर्छ । सामान्य मोड भन्दा तस्विर कैद हुन केही सेकेन्ड बढि लागे पनि यसबाट तपाइले आकर्षक तस्विर पाउने सम्भावना बढि हुन्छ ।

४. सिधा नहेर्नुस्

क्यामेराको लेन्समै हेरेर खिचेको तस्वीर आकर्षक नहुन सक्छ । अलिकति दाँया बायाँ हेर्नुस र क्यामेराको खासै मतलब नगर्नू । क्यामेरा धेरै नजिक लैजाँदा पनि तस्वीर राम्रो हूदैन् ।

५. स्वभाविक बन्नुस्

तस्विर खिच्ने बेला अनावश्यक ‘कन्सियस’ नबन्नुस् । मुस्काउनुस, हाँस्नुस तर स्वाभाविक हिसाबले । कुरा गर्दै गरेको, हाँउभाउ देखिने र हल्का मुस्कान सहितका तस्विरले भुतुक्क पार्छन् !

६. फिल्टरको प्रयोग

स्मार्ट फोनको क्यामेराको आफ्नै सफ्टवयर वा अरू छुट्टै एप्समा फोटो ‘फिल्टर’ का सुविधा हुन्छन् । फिल्टर फोटो खिच्न वा खिचिसकेपछी सम्पादन गर्न पनि प्रयोग गर्न सकिन्छ । स्टाग्राम, रेटिका, पोमेलो जस्ता एप्समा यस्ता धेरैथरी फिल्टर पाइन्छन् ।  तीजमा चम्किला र झिलीमिली कपडाको प्रयोग हुने हुँदा बढि टल्किएर तस्विर बिग्रिने सम्भावना पनि हुन्छ । यस्ता फिल्टरको प्रयोगले तपाइलाई जोगाउन सक्छ ।


क्लिकमान्डु