चीनले प्रक्षेपण गर्‍यो विश्वकै पहिलो ह्याक-प्रुफ स्याटेलाइट



quntam

चीनले विश्वकै पहिलो ह्याक–प्रुफ क्वान्टम स्याटेलाइट प्रक्षेपण गरेको छ । चीनले विश्वका सबै शक्ति राष्ट्रहरुलाई पछि पार्दै कसैले पनि ह्याक गर्न नसक्ने सञ्चारको स्थापनाका लागि यस्तो स्याटेलाइटको प्रक्षेपण गरेको हो ।

चीनको आधिकारिक सिन्वा न्युज एजेन्सीका अनुसार चिनको गान्सु प्रान्तमा रहेको स्याटेलाइट लन्च सेन्टरबाट सो क्यान्टम स्याटेलाइट प्रक्षेपण गरिएको हो । २ वर्षे अवधिका लागि प्रक्षेपण गरिएको उक्त स्याटेलाइटको मिसन भनेको स्पेसबाट जमिनसम्म क्राक गर्न नसकिने किज पढाएर ह्याक–प्रुफ क्वान्टम कम्युनिकेशनको स्थापना गर्नु रहेको छ ।

क्वान्टम कम्युनिकेशनमा अल्ट्रा–हाइ सेक्युरिटी हुन्छ जसमा रहेको क्वान्टम फोटोनहरुलाई न टुक्राउन सकिन्छ न त तिनको डुब्लिकेट नै बनाउन सकिन्छ । यसरी स्टेलाइट सञ्चारको क्षेत्रमा चिनको यस कदमले विश्लाई आर्कै उचाइमा पुर्याउने कुरा विज्ञहरुले बताएका छन् ।

के हो क्यान्टम स्याटेलाइट सिस्टमका विशेषताहरु ?
यस स्याटेलाइटले क्राक तथा ह्याक गर्न नसकिने किहरु प्रसारण गर्ने भएकाले कसैले पनि यसबाट पठाइएका सूचनालाई ह्याक गर्न सक्दैन । कसैले यस सिस्टमा हस्तक्षेप वा प्रवेश गर्न खोज्यो भने हस्तक्षेप गर्ने पक्षको सिस्टम नै स्वतः ध्वस्त हुन्छ । यसबाट आफ्नो देशको रक्षा प्रणाली अत्यन्तै मजबुत हुन्छ ।

चीनले यस मिसनका दौरान यस सिस्टमबाट लामो दूरीसम्म सुचना पठाउन सकिने सम्भावनाको पनि खोजी गर्ने कुरा सिन्वाले जानएको छ । वैज्ञानिकहरुको हालसम्म क्वन्टम सिस्टमबाट लगभग ३ सय किलोमिटरआसपास मात्र सूचनाको आदनप्रदान गर्न सकिने कुरा बताउदै आएका छन् ।

चीनले यस स्याटेलाईटको प्रक्षेपणको मूख्य उद्देश्य आफ्नो देशको सुरक्षा व्यवस्थालाई थप कडा पर्नु रहेको छ । यस प्रोजेक्टमा संलग्न प्रमुख चिनियाँ वैज्ञानिकले यस कदमबाट भविष्यमा सूचना प्रविधिको क्षेत्रको विकासमा अन्य आयामहरु थपिने कुरा बताएका छन् । चिनियाँ राष्ट्रपति सि जिङ्पिङले यस महत्वकांक्षी प्राजेक्टको लागि वैज्ञानिकहरुलाई घच्घच्याउदै आएका थिए ।

विज्ञहरुले यस प्रोजेक्टमा काम गर्ने वैज्ञानिकहरुलाई ठूलो चुनौति रहेकोतर्फ औल्याएका छन् । तर पनि चिनले क्वान्टम स्पेस टेक्नोलोजीमा बाँकी विश्वलाई पछि पार्दै अघि बढिसकेको छ । अमेरिका, जापानलगायतका शक्तिशाली देशहरु अन्तरिक्षमा क्वान्टम फिजिक्सको प्रयोग गर्ने प्रयास गर्र्दै आएका छन् ।


क्लिकमान्डु