पाँच यूट्यूबर्स जसले महिनामै करोड कमाउँछन्



youtube_money

क्यानेडियन कमेडी मास्टर रसल पिटरको कमेडी शो होस वा टेलर स्विफ्टको नयाँ म्युजिक भिडियो मन परेको दोहोरी वा त फिल्मको ट्रेलर नै,  अहिले यूट्यूबमा नभेटिने भिडियो सायदै छैन होला | विश्वकै एक नम्बर भिडियो स्ट्रिममिंङ साइट यूट्यूबमा प्रत्येक मिनेट सयौ घण्टासम्म हेर्नपुग्ने भिडियो अपलोड हुन्छन | यसका एक अर्बभन्दा धेरै प्रयोगकर्ता छन् जसको दैनिकी यूट्यूबमा केहि न केहि खोजेर बितिरहेको हुन्छ | सबै प्रयोगकर्तालाइ यूट्यूबले आफ्नो भिडियो निशुल्क अपलोड गर्ने सुबिधा दिएको छ |
के यसका सबै प्रयोगकर्ता आफ्नो भिडियोबाट विश्वभर चर्चा कमाउन र आफ्नो भिडियो भविस्यलाई सुरक्षित गर्नका लागिमात्रै अपलोड गर्छन त ? त्यतिमात्र पक्कै होइन प्रयोगकर्ताले यसमा अपलोड गरेका गीत, भिडियो, एनिमेसन फिल्म, शर्ट फिल्म, ट्रेलर वा अन्य कुनै सामग्रीलाई यूट्यूबसंगको सहकार्यमा मनिटाईज्ड गरेर उनीहरुले पैसा समेत कमाउँछन् | यूट्यूब च्यानलको लोकप्रियता हेरी प्रति हजार भ्यू बापत औसतमा एक देखि ७ डलरसम्म कमाउन सकिन्छ | तर अपलोड गरिएको भिडियोमा भने आफ्नो स्वामित्व भएको ग्यारेन्टी गर्नुपर्दछ नत्र यूट्यूबले यस्ता अर्काको कन्टेन्ट अपलोड गर्ने एकाउन्टनै बन्द गर्न सक्छ |
विश्वमा यस्ता यूट्युबर्स पनि छन् जसले एक महिनामै एक करोड रुपैयाँभन्दा धेरै आम्दानी गर्छन् |

१ प्यूडीपाई
फिलिक्स अर्भिद अल्फ जेल्बर्ग स्विडिस नागरिक हुन् | सन् २०१० देखि उनले यूट्यूबमा प्यूडीपाई नामक च्यानल संचालन गर्दै आएका छन् | उनको च्यानलमा करिब चार करोड ७१ लाखभन्दा प्रयोगकर्ताको सब्स्क्रिब्सन सुरक्षित छ | यूट्यूब च्यानल प्यूडीपाईमार्फत आफुले खेल्ने ग्राफिक्स गेमहरुको कमेन्ट्रि र त्यसमा आफ्नो प्रतिक्रियासमेत सामेल गर्ने फिलिक्सले बार्षिक ७ देखि ८ मिलियन अमेरिकी डलर कमाऊछन् जुन मासिक सात करोड नेपाली रुपैया भन्दा बढि हो |
बार्षिक आम्दानी: ७४ करोड ९० लाख रुपैंया
सब्स्क्राईबर्स संख्या: ४ करोड ७१ लाख ८३ हजार ४ सय ७०
कुल भ्यू: १३ अर्ब भन्दा बढि
थेम: लेट्स प्ले

२. योग्सकास्ट (लिविस एण्ड सिमोन)
यूट्यूबमा दोश्रो चर्चित च्यानल हो योग्सकास्ट | ७३ लाख सब्स्क्राईबर्स रहेको योग्सकास्ट लिविस ब्रिन्डलीले सुरु गरेको च्यानल हो जुन पहिले ब्लू जेपोजको नामले परिचित थियो | यसमा साइमन लेनले संचालन गर्ने हनी ड्यु लगायत भिन्न नाम भएका २५ वटा ब्रोडकाष्टर छन् | भिडियो गेममा आधारित यो च्यानल युवा प्रयोगकर्तामाझ लोकप्रिय छ |
बार्षिक आम्दानी: ६४ करोड २० लाख रुपैंया
सब्स्क्राईबर्स संख्या: ७३ लाख
कुल भ्यू: ३ अर्ब भन्दा बढि
थेम: भिडियो गेम

३. स्मोश
क्यालीफोर्नियन युवा इयान हिकोक्स र एन्थनी पाडिल्लाको ड्वेट कमेडी सेरिज हो स्मोश | सन् २००५ नोभेम्बरबाट आधिकारिक रुपमा यूट्यूब च्यानल सुरु गरेका उनीहरूलाई एघार बर्षको अन्तरालमा दुई करोडभन्दा बढि सब्स्क्राईबर्सले साथ दिएका छन् | उनीहरु एनिमेटेड भिडियो र् भिडियो गेमलाई आधार बनाएर कमेडी गर्छन | स्मोशमार्फत उनीहरूले बार्षिक ५ देखि ६ मिलियन डलर आम्दानी गर्छन जुन यूट्यूबले वितरण गरिने तेश्रो धेरै रकम हो ।
बार्षिक आम्दानी: ५७ करोड २४ लाख ५० हजार रुपैंया
सब्स्क्राईबर्स संख्या: २ करोड २० लाख
कुल भ्यू: ५ अर्ब भन्दा बढि
थेम: कमेडी

४. फन टोइज कलेक्टर
यूट्यूबको चौथो चर्चित च्यानल ‘डिज्नी कलेक्टर बिआर’को नाम परिबर्तन भएर फन टोइज कलेक्टर भएको हो | पहिले डिज्नी ट्वाइहरुलाई प्याकबाट निकाल्न सिकाउने यो च्यानल अहिले डिज्नी, पिग्सार कार, बबल कप्पिज, म्यागीक्लिप डल्स लगायतका बालबच्चाहरुका खेल्ने सामग्रीहरुको विवरण, प्रयोग र् रेटिंग गरेर भिडियो अपलोड गर्छ | सन् २०११ बाट संचालन भएको यो च्यानलले छोटो समयमै धेरै चर्चा कमाएको छ |
बार्षिक आम्दानी: ५३ करोड ५० लाख रुपैंया
सब्स्क्राईबर्स संख्या: ७० लाख
कुल भ्यू: ११ अर्ब भन्दा बढि
थेम: खेलौना उत्पादन

५. ब्लू टोइज क्लब सरप्राइज
साना नानीहरु लक्षित ब्लू कलेक्सन पाचौ चर्चित यूट्यूब च्यानल हो | खेलौना अनप्याक देखि लिएर प्रयोगसम्म सुझाउने ब्लू कलेक्सन नानीहरुका खेलौना सामग्री खरिद गरिदिने बुवाआमा लक्षित छ | सन् २०१० मा सुरु गरिएको यो च्यानलमा सुरु भएको हो | यसको संचालक को हो भन्ने खुलाईएको छैन |
बार्षिक आम्दानी: ५१ करोड ३६ लाख रुपैंया
सब्स्क्राईबर्स संख्या: ४० लाख
कुल भ्यू:  ६ अर्ब
थेम: खेलौनाका उत्पादन सम्बन्धि भिडियो


क्लिकमान्डु