नेपाली अंग्रेजीमा अनुवाद गर्ने यस्तो छ तरिका



जापानी वा चिनियाँ भाषामा प्रकाशित पत्रिका नेपालीमा पढ्न मन छ?  उसो भए चिन्ता नगर्नुस् । एक अर्काको भाषा नबुझ्ने कारण हुने समस्यामा समाधान गर्न प्रविधी निकै अगाडी बढि सकेको छ । अहिले अनलाइन र अफलाइन सफ्टवयरका सहयताले संसारका सयौं भाषा बिचमा सिधै अनुवाद सम्भव भएको छ ।

नेपाली र अग्रेजी भाषाबीच दोहोरो अनुवाद गर्ने सफ्टवयर विकासमा नेपाल भित्र वा बाहिरबाट केही वर्ष यता बिभिन्न प्रयास भएका छन् । प्रयास अनुसार केही उपलब्धी पनि हात लागेका छन् । केही वर्ष अगाडि देखि काठमाडौं विश्वविध्यालयले विकास गर्न थालेको नेपाली-अंग्रेजी अनुवाद सफ्टवेयर अपेक्षा गरे अनुसार समयमै बाहिर आउन सकेन् । यसै बीचमा सर्च इन्जिन कम्पनी गुगलले नेपाली भाषालाई विश्वका दर्जनौं भाषामा अनलाइन ट्रान्सलेट गर्ने सुविधा विकास गरेको छ ।

translate

गुगल ट्रान्सलेट

https://translate.google.com/ यो लिंकमा गएर तपाइले अनलाइन अनुवाद गर्न सक्नुहुन्छ । बाँया पट्टी अनुवाद गर्ने भाषाको सामाग्री राख्ने र भाषा छनौट गर्ने त्यसपछी दाँया पट्टी नेपाली भाषा छनौट गर्नुभयो भने अनुवाद पाउनु सक्नु हुन्छ ।

वेबसाइट नै अनुवाद गर्नुपर्‍यो भने वेबसाइटको पुरा लिंक कपि गरेर बाँ पट्टीको बक्समा पेस्ट गर्नु पर्दछ ।

स्तर भने कमजोर

अन्य भाषाको जस्तो स्तरिय अनुवाद भने अझै नेपाली भाषामा हुन सकेको छैन । गुगल ट्रान्सलेसनमा नेपाली भाषाको लागि धेरै नै सुधार गर्नु पर्ने देखिन्छ । भन्न खोजेको कुरा बुझिए पनि अर्थको अनर्थ लाग्ने सम्भावना पनि उत्तिकै हुन्छ । त्यसो त अन्य भाषामा पनि मान्छेले गरे जस्तो कमजोरी रहित अनुवाद हुन सक्दैन् ।

मोबाइलमा पनि

गुगलको ट्रान्सलेसन सुविधा तपाइले एन्ड्रोइड वा आइफोनमा इन्सटल गरेर पनि प्रयोग ग्रन सक्नुहुन्छ । मोबाइल एप्समा आवाजलाई रेकर्ड गरेर शब्दमा अनुवाद गर्ने सुविधा पनि छ ।

भिडियो पनि हेर्नुहोस्ः


क्लिकमान्डु