दाँत माझ्ने ‘स्मार्ट’ ब्रस, कसरी काम गर्छ?



140109121506-smart-toothbrush-horizontal-large-galleryअब दाँत बाझ्ने ब्रस पनि स्मार्ट? हो, अहिले बजारमा बिभिन्न कम्पनीले इलेक्ट्रोनिक ‘स्मार्ट टुथ ब्रस’ उपलब्ध गराएका छन् । हेर्दा सामान्य ब्रस जस्तै देखिने यस्ता इलेक्ट्रोनिक ब्रसमा स्मार्ट इलेक्ट्रोनिक मेसिन जडान गरिएको हुन्छ ।

सन २०१४ मा एक फ्रान्सेली कम्पनीले पहिलो पटक यस्तो ब्रस बजारमा ल्याएको थियो । अहिले लोकप्रियता बढ्दै गएपछि धेरै कम्पनीले यसको उत्पादन थालेका छन् । नेपालमा यस्ता ब्रस ३ हजार नेपाली रूपैयाँ देखि माथी किन्न पाइन्छ ।

कसरी काम गर्छ?

यो ब्रसलाई साधारण ब्रस जस्तो जोड लगाएर दाँतमा घोटिरहनु पर्दैन । ब्रस सँगै जडित मोटरले कम्पन उत्पन्न गर्छ र तपाईँले सार्दै लाँदा खासै मेहनत नगरी दाँतलाई सफा पार्दै जान्छ । मोटरलाई उर्जा दिन ब्रस समात्ने भागमा रिचार्ज गर्ने ब्याट्री जडान गरिएको हुन्छ । यो सँगैको बटन थिचेर चलाउने, बन्द गर्ने र भाइब्रेसनको गति घट बढ गर्ने गर्न सकिन्छ ।

मोबाइल फोनमा रिपोर्ट

स्मार्ट ब्रसले तपाईले ब्रस गर्दाको गति के छ?, मुखको कुनै भागमा ब्रस पुगेन कि? दाँया बाँया गर्नु भयो तर तल माथी गर्नु भएन कि ? जस्ता गतिविधि ब्रसमा रहेको सिस्टमले रेकर्ड गर्छ र ब्लुटुथ मार्फत तपाईको मोबाइल फोनको एप्लिकेसनमा सूचना पठाउँछ ।

भिडियो हेर्नुहोस्ः

 

 

 


क्लिकमान्डु