मधेस प्रदेश : मुख्यमन्त्री यादवलाई सतप्रतिशत मत प्राप्त

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई सतप्रतिशत विश्वासको मत प्राप्त भएको छ । आजको प्रदेशसभा बैठकमा मुख्यमन्त्री यादवले सभामा उपस्थित एक सय दुईमध्ये सम्पूर्ण सदस्यको मत प्राप्त गरेका हुन्

सभामुखमा कांग्रेस नेत्री न्यौपानेको मनोनयन दर्ता

काठमाडौं । प्रतिनिधिसभाको सभामुख पदका लागि नेपाली कांग्रेसका नेत्री ईश्वरीदेवी न्यौपानेले मनोनयन दर्ता गराएकी छन् । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा व्यवस्था गरिएको निर्वाचन अधिकृतकको कार्यालय पुगेर उनले

सिक्लेश अन्नपूर्ण संरक्षण क्षेत्रमा केबुलकार निर्माण नगर्न अल्पकालीन अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले सिक्लेश अन्नपूर्ण संरक्षण क्षेत्रमा केबुलकार आयोजना वा अन्य कुनै भौतिक संरचना निर्माण कार्य नगर्न/नगराउन अल्पकालीन अन्तरिम आदेश गरेको छ । न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले विषयवस्तुको

युक्रेनमा हेलिकप्टर दुर्घटना: गृहमन्त्रीसहित १८ जनाको मृत्यु

काठमाडौं । युक्रेनमा हेलिकप्टर दुर्घटना हुँदा गृहमन्त्रीसहित १८ जनाको मृत्यु भएको छ । युक्रेनको राजधानी किएभको पूर्वी भागमा एक हेलिकप्टर शिशु-शिक्षालयनजिकै दुर्घटना हुँदा देशका मन्त्रीसहित १८ जनाको मृत्यु भएको छ

कोरोना, भूकम्प र नाकाबन्दीले झुकाउन नसकेको अर्थतन्त्र दुर्घटनाको अवस्थामा पुग्नु चिन्ताको विषय: अर्थमन्त्री

काठमाडौ । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले भूकम्पले ढाल्न नसकेको र नाकाबन्दीले झुकाउन नसकेको अर्थतन्त्र अहिले दुर्घटना हुने अवस्थामा पुग्नु निकै चिन्ताको विषय भएको बताएका छन् । बुधबार नेपाल चेम्बर

दुर्घटनामा पर्न लागेको अर्थतन्त्रको जहाजलाई रनवेमा ल्याउने प्रयत्न भइरहेको छ: युवराज खतिवडा

काठमाडौ‌‌ । पूर्व अर्थमन्त्री डा युवराज खतिवडाले नेपालको अर्थतन्त्रको जहाज झन्डै दुर्घटनामा परेको बताएका छन् । सुरक्षित अवतरण गर्न खोज्दा खोज्दै बाहिर गएको अर्थतन्त्रको जहाजलाई अब क्रेनले तानेर रनवेमा ल्याउनु

अहिलेका कर्मचारीलाई तालिम दिएर राजस्व संकलन बढ्दैन, सीएहरु ‘हायर’ गर्नुपर्छ: वाग्ले

काठमाडौ । अर्थशास्त्री स्वर्णिम वाग्लेले बाहलवाला कर्मचारीलाई तालिम दिएरर राजस्व संकलन नबढने दाबी गरेका छन् ।अहिलेका कर्मचारीलाई तालिम दिएर राजस्व बढाउने सोच बनाउनुभन्दा पनि चार्टर एकाउन्टेन्ट (सीए) हरुलाई हायर गरेर

६ महिनामा तनहुँको विकास बजेट ६.३७ प्रतिशत खर्च

तनहुँ । तनहुँमा चालू आर्थिक वर्षमा विकास बजेट खर्च न्यून देखिएको छ । चालू आर्थिक वर्ष ०७९/८० को छ महिनाको अवधिमा तनहुँमा विकास बजेटतर्फ ६.३७ प्रतिशत मात्रै बजेट खर्च भएको

रूग्ण उद्योगहरूको सञ्चालनमा विशेष ध्यान दिई देशभित्रै रोजगारी सिर्जना: उद्योगमन्त्री भण्डारी

काठमाडौं । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले मन्त्रालयमा पदभार ग्रहण गर्दै रूग्ण उद्योगहरूको सञ्चालनमा विशेष ध्यान दिई देशभित्रै रोजगारी सिर्जना गर्ने बताएका छन् । मंगलबार पदबहाली गरेका

सभामुखमा सत्ता गठबन्धनबाट एमालेका घिमिरेको मनोनयन दर्ता

काठमाडौं । प्रतिनिधि सभाको सभामुख पदका लागि सत्ता साझेदार दलका तर्फबाट नेकपा (एमाले) का सांसद देवराज घिमिरेले मनोनयन दर्ता गराएका छन् । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा व्यवस्था